कीवर्डहरू -

गेम डेभलपमेन्टको बारे सिकाउँदै टेक वेबिनार नेपाल

गेम डेभलपमेन्टको बारे सिकाउँदै टेक वेबिनार नेपाल

टेक वेबिनार नेपालको ४२ औं श्रृंखलामा गेम डेभलपमेन्ट, आईजिडिए, थ्रिडी एनिमेशन र एसेट क्रियेसनको बारेमा सिकाइने भएको छ । माईक्रोसफ्ट र इम्प्याक्ट हबसँगको सहकार्यमा टेक वेबिनार नेपालको ४२ औं श्रृंखला सञ्चालन हुँदैछ ।

आगामी २४ अप्रिल साझँ ६ बजेबाट सुरु हुने वेबिनारमा गेष्ट वक्ताको रुपमा आईजिडिए फिनल्याण्डका हल र इन्सेसेन्ट रेन स्टुडियोजबाट सज्जन अर्याल रहेका छन् ।

हलले आईजिडिए एण्ड स्माल बिगिनिङ विषयमा र सज्जन अर्यालले थ्रिडी एनिमेशन र एसेट क्रियसनको बारेमा वेविनारमा कुराकानी गर्ने छन् । यस वेबिनारमा सहभागी हुन यहाँ क्लिक गरी फर्म भर्नुहोस् ।