कीवर्डहरू -

अब आफ्नै क्वान्टम कम्प्युटर निर्माण गर्न सकिने

अब आफ्नै क्वान्टम कम्प्युटर निर्माण गर्न सकिने

अब गूगलको पछिल्लो साइम्युलेटर प्रयोग गरेर आफ्नै क्वान्टम कम्प्यूटर निर्माण गर्न सकिने भएको छ । हिजो मनाइएको विश्व क्वान्टम डेको अवसरमा गूगलले क्युबिट गेम सार्वजनिक गरेको छ, जुन एक क्वान्टम कम्प्यूटर बनाउने सजिलो र रमाइलो तरीका हो ।

यो गेम डबलस्पीक गेमसँगको सहकार्यमा निर्माण गरिएको हो । क्युबिट भनेको क्वान्टम कम्प्यूटरको आधारशीला हो र त्यसैमा आधारित भएर गेमको निर्माण गरिएको छ । यसले प्रयोगकर्ताहरुलाई क्वान्टम क्षेत्रमा केही हदसम्म इच्छा जागरुक गराउँछ भनेर गूगलले यो गेम ल्याएको हो ।

गेममा जति क्युबिट पाउँदै गयो गेम त्यतिनै गाह्रो हुँदै जानेछ । त्यसपछि नयाँ अपग्रेडहरु आउँदै जान्छ, जसले प्रयोगकर्तालाई क्वान्टम कम्प्युटर प्रति उत्सुक्ता बढाउँदै लानेछ ।