कीवर्डहरू -

विराटनगरमा आज स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद आयोजना हुँदै, ३० बढी स्टार्टअप सहभागी

विराटनगरमा आज स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद आयोजना हुँदै, ३० बढी स्टार्टअप सहभागी

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको आयोजनामा आज विराटनगरमा प्रदेश स्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल सम्वाद कार्यक्रमको आयोजना हुँदैछ ।

उद्योग संगठन मोरङको भवनमा आयोजना हुने स्टार्टअप तथा आईडिया फेस्ट कार्यक्रम विहान ११ बजेदेखि र डिजिटल प्रदेश संवाद कार्यक्रम दिउसो ३ बजेदेखि सञ्चालन हुनेछ ।

चैत्र १८ गतेदेखि सुरु भएर सातै प्रदेशमा आयोजना भइरहेको यो कार्यक्रम गण्डकी, लुम्बिनी र मधेस प्रदेशमा सम्पन्न भइसकेको छ ।

सातै प्रदेशहरुमा आयोजना भैरहेको ‘इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट पावर्ड बाइ यार्साल्याब’ कार्यक्रममा आइटीका स्टार्टअप, इन्नोभेटर, उद्यमी, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधी, सरोकारवाला र बिद्यार्थीहरुको उपस्थिति रहनेछ ।

फेस्टमा ३० बढि स्टार्टअप आइडिया तथा इन्नोभेसनहरु प्रदर्शनीमा रहनेछन । यस कार्यक्रमले प्रदेशमा भएका नवप्रवर्तक (स्टार्टअप) तथा इन्नोभेटरलाई एकैथलोमा ल्याएर उद्यमशिलताको विकासमा सहकार्य गर्नेछ ।

डिजिटल स्टार्टअपको लागि विभिन्न किसिमले सहयोग गर्ने, प्रवद्धन गर्ने, इन्क्युवेसन, मेन्टरिङ र लगानीको लागि आवश्यक समन्वय गरिनेछ ।

हरेक प्रदेशबाटे कम्तिमा ५ उत्कृष्ट स्टार्टअप तथा आइडिया छनौट भई सातै प्रदेशको कार्यक्रम पश्चात काठमाडौंमा सञ्चालन हुने विजनेश इन्क्युवेसनमा सहभागी हुन पाउने छन् । प्रदेशका उत्कृष्ट स्टार्टअपले राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्मको सहुलियतपुणर् कर्जा प्राप्त गर्नेछन भने आइसिटी अवार्ड २०२२ मा सम्मान प्राप्त गर्नेछन ।

उद्यमशिलता विकासको लागि यो कार्यक्रम महत्वपूर्ण प्लेटफर्म हुने आयोजकको विश्वास छ । सहभागि हुन चाहाने स्टार्टअप तथा विद्यार्थीको लागि आवश्यक स्टल, पिचिङ तथा मेन्टरिङ सेसनहरु निशुल्क उपलब्ध हुनेछन ।

दोश्रो कार्यक्रमको रुपमा आयोजना हुने डिजिटल प्रदेश संवादले डिजिटल नेपालको एजेण्डालाई अघि बढाउने गरी डिजिटल रुपान्तरणको प्रयास र अभ्यासलाई उजागर गर्ने प्रयास गर्नेछ ।

प्रदेशको विकास तथा परिवर्तनको लागि भईरहेको डिजिटल अभ्यास तथा ईगभर्नेन्सका काम, नीति, योजना तथा आगामी कार्यदिशामाथि सम्बन्धित क्षेत्रका सार्वजनिक तथा निजी सरोकारवालाहरुसँग छलफल गरेर डिजिटल ईकोसिस्टमको लागि आधार तयार गर्नु यस कार्यक्रमको उदेश्य हो ।

यस कार्यक्रममा २ वटा महत्वपुणर् कार्यपत्रहरु प्रस्तुत हुनेछन र सोहि सन्दर्भमा रहेर प्यानल सेसन सञ्चालन हुनेछ । जसमा प्रदेश सरकारका मन्त्री, योजना आयोगका उपाध्यक्ष, स्थानीय जनप्रतिनिधि, सरोकारवाला, उद्यमी र विज्ञहरु उपस्थिति रहनेछ । यस कार्यक्रममा सहभागीको लागि काठमाडौंबाट १० जना बढि आइटी विज्ञ तथा उद्यमीहरुको उपस्थिती रहनेछ ।

प्रदेश न. १ को कार्यक्रम पश्चात सुदुरपश्चिम, कर्णाली र बागमती प्रदेशमा कार्यक्रम आयोजना हुनेछ । सातै प्रदेशको संवादपश्चात काठमाडौंमा जेष्ठ अन्तिम साता २ दिने डिजिटल नेपाल कन्क्लेभको आयोजना हुनेछ ।

उक्त कार्यक्रममा संवादबाट प्राप्त हरेक प्रदेशको डिजिटल स्टाट्स र रिपोर्टलाई पनि प्रस्तुत गर्दै डिजिटल नेपालको एजेण्डालाई अघि बढाउने प्रयास गरिनेछ ।

डिजिटल प्रदेश संवाद कार्यक्रममा सहभागिता तथा स्टार्टअप फेस्ट प्रर्दशनी अवलोकनको लागि पनि कुनै शुल्क लाग्नेछैन । थप जानकारीको लागि धधध।लभउबष्कितबचतगउ।अयm, धधध।मष्नष्तबकिबmखबम।यचन हेर्न सकिनेछ वा ९८०१२६३६०१र९८०१२६३६०२ मा सम्पर्क गर्न सकिनेछ ।