कीवर्डहरू -

टिन्डरमा फेस्टिभल मोड फिचर सार्वजनिक

टिन्डरमा फेस्टिभल मोड फिचर सार्वजनिक

भौतिक कार्यक्रमहरु पुनः सञ्चालनमा आएसँगै टिन्डरले फेस्टिभल मोड फेरि सार्वजनिक गरेको छ । यस मोडलाई टिन्डर एक्सप्लोर सेक्सनबाट प्राप्त गर्न सकिन्छ ।

यो फिचरलाई प्रयोग गरेर विभिन्न फेस्टिबलहरुमासँगै टिन्डरबाट डेट जान सकिन्छ । आफ्नो वरिपरी कुनकुन कार्यक्रमहरु भईरहेका छन् भनेर पनि यो फिचरबाट थाहा पाउन सकिने छ ।

यसले अरू प्रयोगकर्ता कुन फेस्टिबलमा इन्ट्रेस्टेड छन् भनेर पनि बुझ्न दिन्छ । यसले गर्दा आफूलाई मन परेको मान्छेलाई के मनपर्छ र मनपर्दैन् भनेर जान्न सकिन्छ ।