कीवर्डहरू -

साओमीका ल्यापटप नेपाली बजारमा, यस्ता छन् सुविधा

साओमीका ल्यापटप नेपाली बजारमा, यस्ता छन् सुविधा

साओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित, अतुलनीय स्पीड, पर्फमेन्स र मिडिया अनुभवहरू प्रदान गर्ने मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधिको प्रयोग गरी डिजाइन गरिएको छ ।

आधुनिक डिजाइन, बलियो र गुणस्तरीय निर्माण भएको यो रेड्मीबुक सिरिजमा १५.६ इन्चको एएफएएचडी डिस्प्ले, ११ औं जेन इन्टेल कोर प्रोसेसर, ८ जिबी डिडिआरफोर ३२०० मेगाहर्ज र्याम रहेको छ जसले मल्टिटास्करहरूलाई अप्टिमाइज्ड स्पेसिफिकेशनहरू साथ लगातार ११ घण्टासम्मको ब्याट्री ब्याकअप प्रधान गर्दछ।

फास्ट चार्ज, र थन्डरबोल्ट ४ तथा ब्याकलिट किबोर्डको साथ। यसबाहेक, अल्ट्रा–लाइट र पोर्टेबल श्रेणीमा कार्यसम्पादनको सीमाहरू तोड्दै, यी ल्यापटपहरूमा इन्टेल आईरिस एक्सई ग्राफिक्सको साथ नवीनतम ११ औं जेन इन्टेल कोर प्रोसेसरहरू छन्, जसमा १६ जिबी डिडिआरफोर र्याम र ५१२ जिबी एनभीएमई एसएसडी १६ जिबी स्टोरेज रहेको छ।

मी नोटबुक अल्ट्रा

मी नोटबुक अल्ट्रा आधुनिक र न्यूनतम, युनिबडी डिजाइन भएको सक्तिसाली र पोर्टेबल ल्यापटप हो। यो मी नोटबुक सिरिज एयरोस्पेस ग्रेड सिरिज ६, एल्युमिनियम बडी, एयरक्राफ्ट ग्रेड मेटलको प्रयोग बाट बनेको छ ।

१.७  किलोग्राम मात्र वजन रहेको यो ल्यापटप १७.९ मिलीमिटरभन्दा कम मोटो छ, जसले यसलाई स्लिम र पोर्टेबल बनाउँछ ।

मिनिमलिस्ट, बलियो र स्मूथ डिजाइन भएको अल–मेटल बडीको साथ सजिलै एकै औंलाले खोल्न र बन्द गर्न मिल्न यी ल्यापटपहरू २डि एरे डुअल–माइक्रोफोन सेटअपको साथ ७२० पी एचडी क्यामेरासँग एकीकृत छन्, जसले उत्कृष्ट भिडियो क्वालिटी प्रदान गर्दछ।

मी ट्रुलाइफ प्लस डिस्प्ले

मी नोटबुक अल्ट्रा प्रयोगकर्ताहरूको दक्षता बढाउने हेतुले डिजाइन गरिएको हो। मी ट्रुलाइफ प्लस डिस्प्ले सहित सुसज्जित यो ल्यापटपमा १०० प्रतिशत एसअआरजिबी कलर गामुट समेटिएको छ जसले भिडियोहरू र खेलहरूलाई जीवन्त बनाउँछ ।

मी नोटबुक अल्ट्राले ९० हर्ज रिफ्रेस रेट डिस्प्लेको साथ, प्रयोगकर्तालाई फ्लुइडिटि प्रदान गर्छ र अनौपचारिक गेमिङलाई थप  रोमाञ्चक बनाउँछ। यति मात्र नभई, यसमा भएको हार्डवेयर स्तर टियूभी रेनल्याण्ड र डिसी डिमिङले जस्तो सुकै प्रकाशको अवस्थामा पनि आँखालाई आरामदायी दृश्य अनुभव प्रदान गरी आँखाको तनाव कम गर्छ।

ब्याट्रि र पर्फर्मेन्स

मी नोटबुक अल्ट्रा लेटेस्ट ११ औँ जेनेरेसन टाइगरलेक इन्टेल कोर आई सेभेन र आई फाइभ एच ३५ प्रोसेसरहरू द्वारा संचालित छ जुन १० न्यानोमिटर इन्टेल सुपरफीन  प्रविधिमा निर्मित छ।

यी प्रोसेसरहरू पछिल्लो पुस्ताको तुलनामा धेरै शक्तिशाली र आत्याधुनिक छन्। यसले परिष्कृत उत्पादकता प्रदर्शन र माइक्रोसफ्ट अफिस सुइट जस्ता अनुप्रयोगहरूमा मल्टी–टास्किङ सक्षम गर्दछ ।

साथै, उच्च–प्रदर्शन इन्टेल आईरिस एक्सई ग्राफिक्स र समर्पित एआई हार्डवेयरसँग एकीकृत, मी नोटबुक अल्ट्रा क्याजुअल गेमिङ, फोटो, डिजाइन वा भिडियो सम्पादन जस्ता कार्यभारहरूमा नवोदित तथा अनुभवी सिर्जनाकर्ताहरूलाई समर्थन गर्दछ।

मी नोटबुक अल्ट्रामा ७० डब्लुएचआर ब्याट्री जडान गरिएको छ जसले १२ घण्टासम्मको ब्याट्री ब्याकअप प्रदान गर्दछ । साथै, ६५ वाट यूएसबी टाइप सी चार्जरको साथ, यसले ० देखि ५० प्रतिशतसम्म मात्र ४५  मिनेटमा ब्याट्री चार्ज गर्न सक्छ।

प्रोडक्टिभिटी र कनेक्टिभिटी

मी नोटबुक अल्ट्रामा अहिलेको माग अनुसारको ब्याकलिट किबोर्ड रहेको छ जुन तीन तहको रोशनी (अफ, डिम र ब्राइट) प्रदान गर्छ । यसले गर्दा टाइप गर्न सजिलो र सही ट्याक्टाइल प्रतिक्रियाको साथ विभिन्न वातावरणमा आरामसँग काम गर्न सकिन्छ ।

यसमा ठुलो, आरामदायी ट्र्याकप्याड रहेको छ जसले अघिल्लो पुस्ताको मी नोटबुक १४ सिरिजको तुलनामा ६२% बढी क्षेत्रफल प्रदान गर्दछ।

ट्र्याकप्याडले विन्डोज प्रेसिजन ड्राइभर समर्थन गर्दछ जसले विभिन्न कार्यक्रमहरू र आदेशहरूमा सर्टकटहरूको लागि इशाराहरू र मल्टि–फिंगर ट्यापहरूलाई समर्थन गर्दछ ।

थण्डरबोल्ट ४ पोर्टको भएको, ४० जिबीपिएस डाटा ब्यान्डविथ, पावर डेलिभरी समर्थन गर्ने, डेटा र पावर डेलिभरीको लागि एकल यूएसबी टाइप–सी पोर्ट भएको यो ल्यापटपमा थप सुरक्षा र सुविधाको लागि पावर बटन भित्र सिमलेस फिंगरप्रिन्ट स्क्यानर इम्बेड गरिएको छ। यसको मूल्य १ लाख ३६ हजार ९९९ रुपैयाँ पर्ने गर्दछ ।


मी नोटबुक प्रो

१७.३ मिलीमिटर पातलो र १.७ किलोग्राम मात्र वजन भएको यो ल्यापटपमा युनिबडी डिजाइन एयरक्राफ्ट–ग्रेड सिरिज ६ एल्युमिनियम मिश्र चेसिस रहेको छ। प्रयोगकर्ताहरूले पावर बटन भित्र इम्बेड गरिएको फिंगरप्रिन्ट स्क्यानरको साथ छिटो र सुरक्षित लगइनको मजा लिन सक्छन्।

मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो दुबैमा विन्डोज ११ समर्थन गर्दछ । यसमा एमएस अफिस होम एण्ड स्टुडेन्ट एडिसन २०२१ र एमआई स्मार्टसेयर प्रिलोडेड छन् । यसको मूल्य १,०९,९९९ रुपैयाँ पर्ने गर्दछ ।

रेड्मी सिरिज

डिजाइन र डिस्प्ले

मि बुक सिरिज डिजाइन मा हुने सानो परिवर्तन ले पनि कसरी ठुलो प्रभाव पर्न सक्छ भन्ने कुराको उदाहरण हो। यसको कट आउट यसरी डिजाइन गरिएको छ कि यसलाई एकै औँलाले खोल्न सकिन्छ । चार्कोल ग्रे रङ मा उपलब्ध यसको तउल जम्मा १.८ केजी मात्रा छ।
१५.६ इन्च को फुल एच् डि डिस्प्ले भएको यो ल्यापटप मा एन्टी ग्लेयर कोटिङ गरिएकोले उज्यालो मा काम गर्न सजिलो बनाउनु को साथै स्क्रिन बाट आउने रिफ्लेक्सन रोक्छ जसले गर्दा लामो समय सम्म ल्यापटप चलाऊँदा आँखा मा पर्ने दवाव कम गर्छ । यस रेड्मी बुक को स्क्रिन टु बडी रेसियो ८१.८ प्रतिशत  रहेको छ । त्यस्तै भिडियो कल को लागि यसमा ७२० पी एचडी  र डुअल माइक्रोफोन सेटअप गरिएको छ।

ब्याट्रि र पर्फर्मेन्स

प्रोडक्टिभिटी मा सम्झौता गर्न नचाहने प्रयोगअकर्ताहरु लाई विषेश ध्यान मा राखेर यसमा लेटेस्ट ११ औँ जेनेरेसन टाइगरलेक इन्टेल कोर आई सेभेन र आई फाइभ एच ३५ प्रोसेसरहरू ११३००ह्।

सिरिज प्रोसेसर हरु प्रयोग गरिएको छ। ४.४  गिगहर्ज क्लक स्पिड भएको स्ट्रिमिङ, एडिटइङ र ब्राउजिङ को लागि यो ल्यापटप एकदम ठीक्क छ । यो जम्मा १५ सेकन्ड मै बुट अप हुनु को साथै फाइल ट्रान्स्फर , एप लोड पनि अत्यन्तै चाँडो हुन्छ ।

त्यस्तै ब्याट्रि को कुरा गर्दा यसमा ४६ डब्लुएचआरको ब्याट्रि रहेको छ जसमा १० घण्टा सम्म ब्याट्रि ब्याक अप दिनु को साथै ३५ मिनेट मै ५० प्रतिशत चार्ज गर्न मिल्छ।

प्रोडक्टिभिटी र कनेक्टिभिटी
रेड्मीबुकमा आरामदायी स्पेस भएको सिजर मेकानिज्म किबोर्ड प्रयोग गर्दछ। जसले टाइप गर्न धेरै सजिलो बनाउँछ र सही स्पर्श प्रतिक्रियालाई सक्षम बनाउँछ। उत्पादकता बढाउन र ब्राउजिङलाई सजिलो र थप सुविधाजनक बनाउन डिजाइन गरिएको यी नोटबुकहरू ठूला १०० सेन्टिमिटर टू डिजाइन ट्र्याकप्याडसँग आउँछन् ।

यसको ट्र्याकप्याडले विन्डोज प्रेसिजन ड्राइभरहरूलाई पनि समर्थन गर्दछ जसले स्वाइपहरू र मल्टि–फिंगर ट्यापहरूलाई समर्थन गर्दछ जुन विभिन्न कार्यक्रमहरू र कमाण्डहरूको  सर्टकटको लागि प्रयोग गर्न सकिन्छ।

लामो मिटिंगहरू र प्रेसेन्टेशनहरूमा स्पष्ट ध्वनि आउटपुटको लागि, यसमा दुई वाट स्टेरियो स्पिकरहरू छन्। यो पूर्व–स्थापित डिटिएस अडियो प्रशोधन अनुप्रयोगको साथ पनि आउँछ, जसले उत्कृष्ट सामग्री खपत अनुभवको लागि अडियो हस्ताक्षरको फाइन–ट्युनिङको लागि अनुमति दिन्छ।

दुबै रेडमी बुक ल्यापटपहरू विन्डोज ११ समर्थन गर्दछ । यो एमएस अफिस होम र स्टुडेन्ट एडिशन २०२१ प्रि–लोड गरिएको छ। रेडमी १५ प्रोको मूल्य ८९,९९९ रुपैयाँ पने गर्दछ ।

रेड्मीबुक ई–लर्निङ एडिशन

रेड्मीबुक ई–लर्निङ एडिशन विशेष रूपमा स्कूल जाने विद्यार्थीहरू हुन्, कलेज जाने युवाहरू, अथवा कार्यालय जाने कामदारहरूका लागि बनाइएको छ। घरबाटै रिमोट लर्निङ वा काम गर्नेहरुका लागि यी ल्यापटपहरू उत्तम विकल्प हुन सक्छ ।

उत्तिकै आकर्षक डिजाइन मा आउने रेडमिबुक इ लरनिङ एडिसन मा पनि लेटेस्ट ११ औँ जेनेरेसन टाइगरलेक इन्टेल कोर आई थ्री प्रोसेसर प्रयोग गरिएको छ ।

एक्स्ट्रा लोकल स्टोरजको लागि यसमा २५६ जिबी एसएटिए एसएसडीको साथ आउने यो ल्यापटपमा ८ जि बि को डिडिआरफोर र्याम रहेको छ । यसको मूल्य ७४,९९९ रुपैयाँ पर्ने गर्दछ ।