कीवर्डहरू -

दुई आइएसपीको लाइसेन्स खारेज

दुई आइएसपीको लाइसेन्स खारेज

नविकरण नगर्ने दुई इन्टर सेवाप्रदायक कम्पनीहरुको लाइसेन्स खारेज भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले आइटेल कम्युनिकेशन प्रालि जावलाखेल, ललितपुर र सेभेन स्टार नेट प्रालि पोखरा महानगरपालिका ३२ तल्लो गगनगौडाको लाइसेन्स नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेकोले खारेज गरेको हो । 

आइटेलले २०६५ साल पुस २१ गते र सेभेन स्टारले २०७० पुस २३ गते प्राधिकरणले इन्टर सेवा सञ्चालनका लागि लाइसेन्स लिएका थिए । प्राधिकरणले आइटेलको गत पुसल २१ गते र सेभेन स्टारको पुस २३ गते लाइसेन्स खारेज गरेको हो ।

साथै दुई कम्पनीलाई गत आर्थिक वर्ष ०७४/७५ को नियमअनुसार बुझाउनु पर्ने वित्तिय विवरण र बुझाउनुपर्ने रोयल्टी तथा ग्रामिण दूरसञ्चार विकास कोष वापतको रकम बुझाउनु हुन समेत प्राधिकरणले भनेको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार आइटेलले १९ लाख रुपैंयाँ बक्यौता तिर्न बाँकी छ । ग्रामिण दुरसञ्चार कोषमा यो कम्पनीको १५ लाख बक्यौता छ । सेभेन स्टारले गत वर्षसम्मको बाँकी बक्यौता बुझाइसकेको छ । तर, तोकिएको समयमा नवीकरण नगर्दा लाइसेन्स खारेज गरिएको हाे ।

दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार समयमा नविकरण नगरे स्वतः खारेज हुने व्यवस्था छ ।