कीवर्डहरू -

सन् २०२३ मा एम टू चिपसेट सार्वजनिक गर्दै एप्पल

सन् २०२३ मा एम टू चिपसेट सार्वजनिक गर्दै एप्पल

एप्पलले अर्काे वर्ष एम टू चिपसेट सार्वजनिक गर्ने भएको छ । योसँगै एप्पलले एम टू प्रो चिप पनि ल्याउने भएको छ ।

दुवै चिप चार न्यानोमिटरमा निर्माण गरिने छ । इन्टेलको चिपसेट प्रयोग नगर्नका लागि एप्पलले आफ्नै चिप निर्माण गर्न थालेको हो ।

एम टू चिपसेटको कोड नाम स्टाटेन एम्टूप्रो चिपको कोड नाम रोडेस रहेको छ । यही वर्ष एप्पलले एम वान प्रो चिप र एम वान म्याक्स चिपसेट सार्वजनिक गरेको थियो ।

यो चिप प्रयोग गरिएको म्याकबुक प्रो अघिल्लो वर्षमात्रै विक्रिका लागि जानेछ । ४ न्यानोमिटरको चिप रहेका कारणले यसले अझै राम्रो र प्रभावकारी तरिकाले काम गर्ने गर्दछ ।