कीवर्डहरू -

प्रदेशको आम्दानी स्रोत बढाउन डिजिटाइजेसनको प्रयोग गर्छौंः उपाध्यक्ष लोक्सम

प्रदेशको आम्दानी स्रोत बढाउन डिजिटाइजेसनको प्रयोग गर्छौंः उपाध्यक्ष लोक्सम

विराटनगर । प्रदेश सरकारको आम्दानी स्रोत बढाउन डिजिटाइजेसनको प्रयोग गर्ने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूर्ण कुमार लोक्समले बताएका छन् ।

लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको सहकार्यमा प्रदेश नम्बर १ को राजधानी विराटनगरमा आयोजना भएको प्रदेश स्तरीय डिजिटल सम्वादमा बोल्दै उपाध्यक्षले त्यस्तो बताएका हुन् ।

आम्दानीको स्रोत बढाउन मूख्य चुनौती रहेको प्रदेश सरकारलाई डिजिटाइजेसनले सहयोग गर्ने उनले विश्वास व्यक्त गरेका छन् । यसका लागि विन्योजित बजेटको सदुपयोगमा सघाउन सफ्टवेयर निर्माणका लागि प्रदेशको पहलमा अध्ययन अनुसन्धान पनि भईरहेको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष लोक्समले काम गराईमा नविनता ल्याउन सके मात्र समृद्धि ल्याउन सकिने बताए ।कृषिबाट सेवा क्षेत्रमा छिरेको नेपालको अर्थतन्त्रमा डिजिटाइजेसनको माध्यमबाट क्रान्ति  ल्याएर अर्थतन्त्र सुधार्नुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै उनले भने,‘डिजिटाइजेसनमा जानुको विकल्प छैन, डेटाबेसमा खेल्न सकिएन भने हाम्रो समृद्धिको सपना पनि अधुरो हुन्छ ।’

एक नम्बर प्रदेशले आफ्नो प्रथम पञ्च वर्षे योजनामा समेत डिजिटाइजेसनलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्षेत्रमा समेटेको उपाध्यक्ष लोक्समले बताए ।