कीवर्डहरू -

टेस्लाको नयाँ गाडीमा अब मोबाइल चार्जर नहुने

टेस्लाको नयाँ गाडीमा अब मोबाइल चार्जर नहुने

अब टेस्लाको नयाँ गाडीहरुमा मोबाइल चार्जर नहुने भएको छ । पहिलेको टेस्ला गाडीहरुमा मोबाइल कनेक्टर बण्डल हुने गर्दथ्यो तर अब यो डिभाइस हटाइएको छ ।

मोबाइल कनेक्टर बण्डलले गाडीलाई भित्ताको आउटलेटसँग एक घण्टा कनेक्ट गरेर २/३ माइलसम्म चलाउन दिने गर्दथ्यो । यो फिचर खासै धेरै प्रयोगकर्ताहरुले प्रयोग नगरीरहेको जस्तो लागेर हटाइएको हो ।

यो उपकरणलाई हटाएर टेस्लाले मोबाइल कनेक्टर किटमा अझै बडि मोबाइल एडाप्टर जोडने भएको छ । मोबाइल कनेक्टरको पनि मूल्य घटाएर २०० डलर बनाउने टेस्लाको सिईओ एलन मस्कले बताएका छन् ।