कीवर्डहरू -

स्वास्थ्य बीमा बोर्डको प्रिमियम अब खल्तीबाटै तिर्न सकिने

स्वास्थ्य बीमा बोर्डको प्रिमियम अब खल्तीबाटै तिर्न सकिने

उपभोक्ताहरूले अब खल्ती एपमार्फत पनि स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्ने भएका छन् । यसका लागि खल्ती र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएको छ ।

खल्तीको गभर्मेन्ट सर्भिसेस अप्सनमा गएर हेल्थ इन्स्योरेन्स बोर्ड छनोट गरी सम्पूर्ण जानकारी राखेर बीमा प्रिमियम तिर्न सकिन्छ ।

यस सेवा बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले ५० लाखभन्दा बढी नागरिकलाई समेट्ने यस प्रकारका अत्यावश्यक सार्वजनिक सेवाले जनतालाई डिजिटल भुक्तानी अपनाउन सक्षम बनाउने बताए ।