कीवर्डहरू -

फ्युजमेसशनको तेस्रो एआई फेलोसिप संस्करण, अनलाइनबाट आवेदन दिन सकिने

फ्युजमेसशनको तेस्रो एआई फेलोसिप संस्करण, अनलाइनबाट आवेदन दिन सकिने

आर्टिफिसियल इन्टेलिजेन्स सलुसन, सफ्टवेयर र सर्भिस प्रोभाइडर फ्युजमेसिनले नेपालमा ‘२०१९ एआइ फेलोसिप’को सुरुवातको घोषणा गरेको छ । आफ्नो तेस्रो संस्करणको एआइ फेलोसिप कार्यक्रमको लागि फ्युजमेसिनले आवेदनहरु लिन सुरु गरेको छ । एआइ सिक्न चाहने इच्छुक र एआइमा आफ्नो करियर बनाउन चाहनेहरुको लागि यस्तो कार्यक्रम ल्याइएको कम्पनीले जनाएको छ । फेब्रुअरी १० सम्म अनलाइनबाट आवेदनकाे समयावधि रहेकाे छ ।

कार्यक्रममा छनोट गरिएका सहभागीहरुलाई शैक्षिक र व्यवसायिक अवसरहरु प्रदान गराएर उच्च प्रतिस्पर्धी एआइ उद्योगमा उनीहरुलाई पहुँच गर्न मद्दत गरिनेछ । कार्यक्रममा मेसिन लर्निङ, न्याचुरल ल्याङवेज प्रोेसेसङि र न्युरल नेटवर्क टेक्नोलाजिमा गहिरिएर प्रशिक्षण गरिने बताइएको छ ।

विभिन्न सामूहिक र व्यक्तिगत संस्करणहरुसँगै कार्यक्रममा एआइ विशेषज्ञहरुबाट एआइ उद्योग क्षेत्रको बारेका शिक्षा, निर्देशन र सल्लाहहरु पनि दिइने छ । १२ महिना लामो कार्यक्रममा ३–३  महिनाको चार वटा पाठ्यक्रम रहनेछ । हप्ताको २० घण्टा मात्र सञ्चालन हुने यस कार्यक्रममा आवेदन भर्नको लागि कम्प्युटर साइन्स अथवा अप्लाइड म्याथम्याटिक्स स्ट्रीममा कम्तिमा स्नातक तकसम्म शिक्षा हासिल गरेको हुनुपर्छ ।

विश्वको स्वास्थ्यसम्बन्धी समस्याहरुलाई मध्येनजर गर्दै कार्यक्रममा एआइको एप्लीकेसनको निर्माण गर्ने अवसरहरु प्रदान गरिनेछ । कोलम्बिया विश्वविद्यालयबाट माइक्रोमास्टर गर्न र कम्प्युटर साइन्समा मास्टर डिग्री गर्नको लागि योग्य बनाउन पनि यस कार्यक्रमले मद्दत गर्ने कम्पनीले बताएकाे छ ।

यस ट्युसन फ्री प्रोग्राममा सहभागी हुने व्यक्तिहरुको लागि कार्यक्रममा एआइ प्राक्टिस्नर र फेलो ग्लोबल नेटवर्कमा सामेल हुने अवसर पनि दिइने कम्पनीले बताएको छ ।

अनलाइनबाट आवेदन दिन ः fusemachines.com/ai-fellowship/ai-fellowship-form/