कीवर्डहरू -

पिक्सेल सिक्समा कल आउँदा आफै रिजेक्ट हुने समस्या

पिक्सेल सिक्समा कल आउँदा आफै रिजेक्ट हुने समस्या

पिक्सेल सिक्स प्रयोगकर्ताहरुले फोनमा कल आउँदा आफै रिजेक्ट भइरहेको गुनासो गरेका छन् । पिक्सेल सिक्स फोनमा सफ्टवेयर अपडेट आएपछि यस्तो समस्या आउन थालेको हो ।

एन्ड्रोइड १२ ले केही फोनहरमा एकदमै समस्या सिर्जना गरिरहेको पाइएको छ । कल आउँदा फोनको रिगं बज्छ तर आफै फोन काटिने गरेको समस्या पिक्सेल सिक्सका प्रयोगकर्ताहरुले बताएका छन् ।

रेडइट र गूगल सपोर्टमा आएको गुनासो अनुसार कलरहरुको कल सिधै भ्वाइस मेलमा गईरहेको छ । कल लगमा इन्कमिङ कल डिक्लाइन गरिएको देखाएको छ ।

यो समस्या पिक्सेल ६ र पिक्सेल ६ प्रोमा विशेषगरी देखिएको छ तर केही पुराना पिक्सेल मोडेलहरुमा पनि यस्तो समस्या देखिएको प्रयोगकर्ताहरुको गुनासो छ ।