क्यान इन्फोटेकमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को स्टल भिजिट गर्ने एक जना भाग्यशालीले स्मार्टफोन जित्न सक्ने भएका छन् ।
२७ औं संस्करणको क्यान इन्फोटेक वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा शुरू हुँदैछ । सो इन्फोटकमा एनसीएचएलको स्टल भिजिट गर्ने एकजनाले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।
क्यान इन्फोटेकको स्टल नम्बर डी ३२ रहेको छ । साथै एनसीएचएलको स्टलबाट एनसीएचएलका प्रडक्टहरूको जानकारी पनि पाइने छ ।
भिजिटरले कनेक्ट आईपीएस एप डाउनलोड गरेर मोबाइल नम्बर र इमेल भेरिफाइ गर्नुपर्नेछ । साथै कनेक्ट आईपीएसमा दर्ता भएको मोबाइल नम्बर एनसीएचएलको प्रतिनिधिलाई उपलब्ध गराउनु पर्नेछ ।
यो पनि पढ्नुहोस्ः भोलिदेखि शुरू हुँदै क्यान इन्फोटेक, आईएमई पेबाटै यसरी काट्नुहोस् टिकट