कीवर्डहरू -

एप्पल वाचको ‘फल अलर्ट’ ले मेरो जीवन बचायो– टोराल ओस्टवाङ

एप्पल वाचको ‘फल अलर्ट’ ले मेरो जीवन बचायो– टोराल ओस्टवाङ

नर्वेका एक वृद्धाले आफ्नो जीवन एप्पलको स्मार्टवाचमा रहेको 'फल अलर्ट डिटेक्ट'ले बचाएको बताएका छन् ।

६७ वर्षीय टोराल ओस्टवाङ नाम गरेका ति व्यक्ति गत शनिबार विहान ४ः३० मा बाथरूम प्रयोग गर्न जाँदा लडेर टाउकोमा चाेट लायाे र उनी बेहोस भएका थिए ।

उनको हातमा लगाएको वाचले 'फल अलर्ट' डिटेक्ट गरे र १ मिनेटसम्म उनको मुमेन्ट डिटेक्ट भएकाे नपाएपछि वाचले स्थानीय प्रहरीलाई खबर गरेको थियो ।

स्थानीय प्रहरी आधा घण्टापछि घटना स्थलमा पुगेका थिए र ओस्टवाङलाई अनुहारकाे फ्याक्चरबाट रगत आएर बेहोश अवस्थामा भेटेका थिए ।

उनको आँखाको वरपर चोट लागेको र ३ बङगारा फ्याक्चर भएको छ ।

उनको छोरीे किर्टी ओस्टवाङले भनिन्, ‘त्यो स्मार्ट वाच नभएको भए मेरो बुबा सायद आज जीवित  हुनुहुन्थेन हाेला ।’

एप्पलको लेटेस्ट स्मार्टवाचमा फल अलर्ट डिटेक्सनको साथै ईकेजी अथवा इसिजि रहेको छ, जसले तपाईको हृदय दर मापन गर्दछ । त्यसैले वृद्धा र स्पेशल केयर आवश्यक पर्ने व्यक्तिहरुको लागि वेयरेबल टेक्नोलोजीको मार्केट बढ्दो अवस्थामा रहेको देख्न सकिन्छ ।

-एजेन्सीकाे सहयाेगमा