कीवर्डहरू -

निजी क्षेत्रसँग सरकार सधैँ हातेमालाे गर्न तयार छ: सञ्चारमन्त्री कार्की

निजी क्षेत्रसँग सरकार सधैँ हातेमालाे गर्न तयार छ: सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार निजी क्षेत्रसँग सधै हातेमालाे गर्न तयार रहेकाे बताएका छन् ।

राष्ट्रिय सभागृहमा आयाेजित क्यान इन्फाेटेककाे उद्घाटन कार्यक्रममा  प्रमुख अतिथि समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले यस्ताे बताएका हुन् ।

उनले पानसमा बत्ति बालेर र राेबाेटबाट रिबन काटेर क्यान इन्फाेटेककाे उद्घाटन गरे । प्रमुख अतिथि मन्त्री कार्कीले क्यान इन्फाेटेकले सूचना प्रविधि क्षेत्रमा भए गरेका विकासलाई सुसूचित गराउने र यस क्षेत्रमा काम गरिरहेकाहरुकाे हाैसला बढाउने काम गरेकाेमा आयाेजक क्यान महासंघकाे प्रशंसा गरे ।

कार्कीले निजी क्षेत्रसँग सरकार हातेमालो गर्न तयार रहेकाे बताए । निजी क्षेत्रले आईटीमा अर्बौं लगानी गरेर राेजगारी सिर्जना गरेकाे उनले बताए।

'निजी क्षेत्रले अर्बौंकाे लगानीमा आइटी कम्पनी स्थापना गरेकाे छ' उनले भने, 'यसले धेरै राेजगारी सिर्जना गरेकाे र वैदेशिक मुद्रा भित्र्याएकाे छ ।'

सरकारले पूर्वाधार र डिजिटल साक्षरताकाे विकासमा काम गरिरहेकाे उनकाे भनाइ छ । साथै उनले सञ्चार मन्त्रालयका अधिकांश काम अफिस अटाेमेसन सिस्टमबाट हुने गरेकाे र सबै सरकारी निकायमा अफिस अटाेमेसन सिस्टम लागू गर्दै जाने पनि बताए ।