कीवर्डहरू -

‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ विषयमा कन्फेरेन्स आयोजना हुँदै

‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ विषयमा कन्फेरेन्स आयोजना हुँदै

वुमन इन इन्फोरमेसन टेक्नोलोजीले ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्ड’ विषयमा कन्फेरेन्स आयोजना गर्ने भएको छ ।

गर्ल्स इन आइसिटी डे २०२२ को अवसरमा वुमन इन इन्फोरमेसन टेक्नोलोजीले गर्ल्स इन टेक नेपाल र लिभिङ विथ आइसिटीसँगको सहकार्यमा कन्फेरेन्स आयोजना गर्ने भएको हो ।

अप्रिल २८ मा आयोजना हुने उक्त कार्यक्रम दिउँसो २ बजे देखि बेलुका ६ बजेसम्म लाईस कन्फेरेन्स बखुण्डोल ललितपुरमा सञ्चालन हुनेछ । कन्फेरेन्स महिलाहरुका लागि इन्टरनेटको सुरक्षित प्रयोगमा केन्द्रित हुनेछ ।

सूचना प्रविधिको सही र सुरक्षित प्रयोग नहुँदा महिलाहरु अनलाइन यौन दुर्व्वहार, शोषण, साइबर बुलिङ्ग, साइबर ग्रुमिङ्ग, छलकपट (फिसिङ्ग) तथा सेक्स्टोर्सन (यौनजन्य फिरौती) मा पर्न सक्ने जोखिम छ ।

महिलाहरूलाई इन्टरनेटको नकारात्मक प्रभावबाट बचाउन तथा जागरुक बनाउन वुमन इन इन्फोरमेसन टेक्नोलोजीले डब्लुआईआईटी कन्फेरेन्स आयोजना गर्दैछ ।