कीवर्डहरू -

क्यान इन्फोटेकः भिजिट गर्नेलाई अफरै अफर 

क्यान इन्फोटेकः भिजिट गर्नेलाई अफरै अफर 

बुधबारदेखि २७ औं संस्करणको क्यान इन्फोटेक सुरू भएको छ । नेपालको सूचना प्रविधि क्षेत्रको ठूलो प्रदर्शनीको रूपमा पनि लिइएको क्यान इन्फोटेक आउँदो सोमबारसम्म चल्ने छ ।

क्यान इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विभिन्न व्यवसाय, स्टार्टअप, तथा आईडियाहरुका १७० स्टलहरू प्रद्धर्शनीका लागि राखिएका छन् ।

इन्फोटेकमा वस्तु तथा सेवाको जानकारीका साथै सामान खरिद गर्न पनि सकिन्छ जसमा अवलोकनकर्ताहरुका लागि कम्पनीहरूले अफरै अफर ल्याएका छन् ।

क्यान इन्फोटेकमा भायानेटको इन्टरनेट खरिद गर्नेले १७ प्रतिशत छुटका साथै विभिन्न उपहार समेत जित्न सक्नेछन् । ग्राहकले निःशुल्क डुअल ब्याण्ड फाइबर वाईफाई डिभाइस पाउने छन् ।

त्यस्तै १२ भाग्यशालीले १० हजार बराबरको एन्ड्रोइड टिभी बक्स र एकजना भाग्यशालीले ८० हजार बराबरको एमआई स्मार्ट टिभी जित्न सक्ने छन् । यसका लागि भायानेटको स्टल डी ४० मा सम्पर्क गर्न सकिने छ ।

इन्फोटेकमा नेपाल क्लियरङ हाउसको स्टल भिजिट गर्ने एकजनाले स्मार्टफोन जित्न सक्ने छन् भने हरेक दिन ५ जनाले १०० को रिचार्ज जित्न सक्ने छन् ।

त्यस्तै इन्फोटेकमा इसेटको एन्टिभाइरस खरिद गर्नेले १५ सयसम्म छुट पाउने छन् । डिशहोम इन्टरनेट सब्सक्रिप्सन गर्दा राउटरको डिपोजिट समेत राख्नु पर्दैन् ।

त्यसैगरी डिजिकमका विभिन्न प्रडक्टमा १० प्रतिशतसम्म, लेनोभोको ल्यापटप खरिदमा १४ प्रतिशतसम्म, एसरका ल्यापटपमा १७ प्रतिशतसम्म छुट पाइने छ ।

सेलपेको एप डाउनलोड गरेर अकाउन्ट बनाउँदा ५० रूपैयाँ र केवाईसी भेरिफाई गर्दा ५० रूपैयाँ पाइने छ । ल्यापटपको ब्याट्री, एडप्टर, किबोर्ड, स्क्रिन, स्पीकर, मदरबोर्ड, र्याम, फ्यान, स्वीच लगायतका सामान खरिद गर्दा पनि २० प्रतिशतसम्म छुट पाइने छ ।

\"\"

त्यसैगरी स्मार्ट वेल्थ प्रोको सब्सक्रिप्सनमा छुट पाइने छ । प्रयाक्सिस पुरानो ब्याट्री दिएर ५० प्रतिशतसम्मको छुटमा नयाँ ब्याट्री लिन सकिने छ । त्यस्तै आईएमई पेको स्टलबाट निःशुल्क भर्चुअल कार्ड पाइने छ ।

क्यान इन्फोटेकमा एउटा किताबको स्टल पनि राखिएको छ, जहाँबाट जुनसुकै किताब ५० प्रतिशत छुटमा किन्न सकिने छ ।

इन्फोटेक भिजिट गर्नेले आरआर श्रीका प्रत्येक कोर्षमा ३० प्रतिशत, आईटी कम्पनी पकेट स्टुडियोको सेवामा १५ प्रतिशत छुट, क्रिस्टल डाइगोनोस्टिक सेवामा ५० प्रतिशत छुट पाउने छन् । क्युरा हेल्थले निःशुल्क बल्ड ग्रुप जाँच, पिसाब जाँच गरिरहेको छ ।

साथै स्ट्याण्डर्ड चार्टड बैंकमा खाता खोलेर लिभरपुल फटबल क्लबको दैनिक मर्च्याडाइज र बम्परमा हस्ताक्षर गरेको जर्सी पाइने छ ।

इन्फोटेकमा उपाय सिटी कार्गोको एप डाउनलोड गरेर हेडफोन, स्पीकर, स्मार्टवाच र पावर ब्यांक जित्न सकिने छ । त्यस्तै स्टलमा राखेको खल्ती क्युआर कोड स्क्यान गरेर वानप्लस ब्याण्ड जित्न सकिने छ । टेलिनेटको स्टल भिजिट गरेमा ३ महिनाको लागि अलिबाबा क्लाउड निःशुल्क पाइने छ ।

यी बाहेक क्यान इन्फोटेकमा अन्य थुप्रै अफरहरू रहेका छन् । क्यान इन्फोटेकमा गएर उक्त अफरहरूको फाइदा उठाउन सकिने छ ।