गत वर्ष एप्पलले पहिलेको भन्दा ५० प्रतिशत बढि रिसाईकल सामग्री प्रयोग गरेर एप्पल प्रडक्टहरुको निर्माण गरेको छ । विश्व पृथ्वी दिवसको केही दिन पहिले एप्पलले वातावरणका लागि आफूले निकै काम गरिरहेको बताएको छ ।
सन् २०२२ को वातावरणीय प्रगति रिपोर्टको अनुसार पहिले १८ प्रतिशत रिसाइकल सामग्री प्रयोग गरिने एप्पल प्रडक्टमा एप्पलले सन् २०२१ मा भने ५० प्रतिशत रिसाईकल गरेको सामाग्री प्रयोग गरिएको थियो ।
कम्पनीले कोबाल्ट, टगंस्टेन, पृथ्वीको अरु धातुहरु पुनः प्रयोग गरेर आफ्नो प्रडक्टहरुको निर्माण गरिरहेको खुलाएको छ ।
एप्पलले प्याकेजिङमा प्लास्टिकको प्रयोग पनि एकदमै कम गरेको छ । सन् २०३० सम्ममा एप्पल प्रडक्टहरु कम्पनीले कार्बन न्यूट्रल बनाउने योजना पनि राखेको छ ।