कीवर्डहरू -

डिशहोम फाइबरनेटको सेवा अब तुलसीपुरमा

डिशहोम फाइबरनेटको सेवा अब तुलसीपुरमा

डिशहोम फाइबरनेटको सेवा तुलसीपुरमा विस्तार भएको छ ।  उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले इन्टरनेट सेवा सुरु गरेको थियो ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, मिर्चैया, विराटनगर , नेपालगञ्ज, धनगढीमा, सुर्खेत सहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ ।

अन्य स्थानमा पनि विस्तार गर्दै जाने कम्पनीले जनाएको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित डिशहोमका ग्राहकहरुका लागि डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।

डिशहोम फाइबरनेटले १० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ । डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा सम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।