कीवर्डहरू -

सामसङ ग्यालेक्सी ए २३ को मूल्य २ हजारले घट्यो

सामसङ ग्यालेक्सी ए २३ को मूल्य २ हजारले घट्यो

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए २३ को मूल्य घटेको छ । २ हजार मूल्य घटाउँदै ६ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको फोनको नयाँ मूल्य २९ हजार ९९९ रूपैयाँ कायम गरिएको हो ।

त्यस्तै ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज भएको ग्यालेक्सी ए २३ को नयाँ वर्षको अफर मूल्य २५ हजार ९९९ रूपैयाँ तोकिएको छ । सामसङ ग्यालेक्सी ए २३ स्न्यापड्रागन ६८० साथ ४ र ६ जीबी र्याममा उपलब्ध छ ।

यो फोनमा ६४ र १२८ जीबी भण्डारण क्षमता छ, जसलाई माइक्रो एसडी कार्डको सहायताले १ टिबी सम्म बढाउन सकिन्छ । यो फोनमा एण्ड्रोइड १२ र वान युआइ ४.१ छ ।

यो सामसङ ग्यालेक्सी ए २३ मा ६.६ इन्चको एफएचडी प्लस स्क्रीन  राखिएको छ, जुन वाटरड्रप नचका साथ आउँछ । क्यामराको रूपमा ग्यालेक्सी ए२३ मा ४ ओटा क्यामरा लगाइएको छ, जुन ५० मेगापिक्सलको प्राइमरी सेन्सर, एउटा ५ मेगापिक्सलको अल्ट्रा वाइड सूटर, एउटा २ मेगापिक्सलको डेप्थ सेन्सर र एउटा २ मेगा पिक्सलको म्याक्रो क्यामरा रहेको छ ।