कीवर्डहरू -

एससिटीको नयाँ लोगो सार्वजनिक, सेवाहरूमा सुधार गर्ने घोषणा

एससिटीको नयाँ लोगो सार्वजनिक, सेवाहरूमा सुधार गर्ने घोषणा

नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी) ले नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोसँगै कम्पनीले आफ्ना सेवाहरूमा सुधारको घोषणा पनि गरेको छ ।

नेपालबाट सञ्चालित यस कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ ।

आफ्ना आयामहरूलाई अझ विस्तृत गर्दै विविध किसिमका सेवाहरूलाई एउटै छातामुनि एकीकृत गरेको पनि कम्पनीले बताएको छ ।

एससिटीका सीईओ नारायणप्रकाश भुजुले दोहोरो इन्टरफेस (सम्पर्कसहित र सम्पर्कविहीन) देखि लिएर डेबिट र प्रिपेड कार्ड (घरेलु र अन्तर्राष्ट्रिय), एटीएम र पीओएसको परस्पर सम्बन्ध, बिएफआइहरूबीचको अन्तरसञ्चालन, अन्तर्राष्ट्रिय योजनाहरूको गेटवे, क्युआरसी भुक्तानी प्लेटफर्म र यसमार्फत् वित्तीय प्रविधिको पूर्ण समाधानसम्मका विविधतापूर्ण भुक्तानी सेवाहरू प्रवाह गर्दै नेपालमा डिजिटल भुक्तानीको पूर्वाधार र विकासमा सघाउ पुर्याएको बताए ।

सन् २००१ मा स्थापित, एससिटी र एसिटी–नेटवर्क को रुपमा चिनिन्ने स्मार्ट च्वाइस टोक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पिएसओ) हो ।

एससिटीले नेपालका अधिकांश वाणिज्य बैंकहरू, विकास बैंकहरू, पिएसपी (पेमेण्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरूलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटफर्महरू उपलब्ध गराउँदै आएको छ ।