कीवर्डहरू -

प्रदेश २ का हरेक पालिकामा प्राविधिक शिक्षालय खोल्ने तयारी

प्रदेश २ का हरेक पालिकामा प्राविधिक शिक्षालय खोल्ने तयारी

महोत्तरी । आगामी आर्थिक वर्षभित्र प्रदेश २ का प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।

आज महोत्तरीमा आयोजित प्याब्सन प्रदेश २ को दोस्रो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ लाई प्राविधिक शिक्षाको हब बनाउने योजनाअनुरुप प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गरिने बताएका हुन् । 

प्राविधिक शिक्षालय सञ्चालनका लागि विधेयक तयार भइसकेको भन्दै मुख्यमन्त्री राउतले पारित हुने वित्तिकै शिक्षालय स्थापनाको काम सुरू हुने बताए ।

उच्च शिक्षा प्रदेश सरकारको मातहत हुने स्पष्ट व्यवस्था रहेपनि संघीय सरकारले सिटिईभिटीलाई प्रदेशमा हस्तान्तरण गर्न आनाकानी गरिरहेको उनले गुनासो समेत गरे ।