कीवर्डहरू -

रियलमीको स्मार्टफोन सी ३५ नेपालमा, यस्ता छन् फिचर

रियलमीको स्मार्टफोन सी ३५ नेपालमा, यस्ता छन् फिचर

स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा सी सिरीज अन्तर्गतको इन्ट्री–लेभल स्मार्टफोन सी ३५ सार्वजनिक गरेको छ । रियलमी सी ३५ मा फ्लागशिप स्तरको ५० मेगापिक्सेलको प्राईमरी क्यामेरा राखिएको छ ।

रियलमी सी ३५ ८=१ मिलीमिटर राईट–एङ्गल बेजेलको साथ आएको छ, जुन सी सिरीजमा सबैभन्दा पातलो फोन हो । यो डाईनामिक ग्लोईङ्ग डिजाइनले प्रयागेकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र ट्रेन्डी देखाउँछ ।

यसबाहेक यो फोन दुई भिन्न रङ्ग – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीनमा उपलब्ध छ । सी सिरीज अन्तर्गत रियलमी सी ३५ ले टियूभी स्मार्टफोन हाई रिलायबिलिटी सर्टिफिकेसन र रियल क्वालिटीगरी दुई भिन्न उच्च गुणस्तर प्रदान गर्दछ ।

उूनिएसओसी टि ६१६ शक्तिशाली प्रोसेरसँग सुसज्जित रियलमी सी ३५ ले एनटूटू बेन्चमार्कमा २३०,७२६ स्कोर प्राप्त गरेको छ । यसबाहेक, रियलमी सी३५, सी सिरीज अन्तर्गतको पहिलो फोन हो जसमा डिआरई डाईनामिक र्याम विस्तार गरिएको छ, यसले लास्ट–जेन भन्दा पनि सहज अनुभव प्रदान गर्दछ ।

रियलमी सी ३५ मा सी सिरीज अन्तर्गतको ५ हजार एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जको फाइदा लिन सकिन्छ, जसले गर्दा यो स्ट्यान्डबाइमा ३९ दिनसम्म टिक्न सक्छ र ४९ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ ।

यसबाहेक, सी सिरीज अन्तर्गत सी ३५ मा ६=६ ईन्च एफएचडी फुलस्क्रिन राखिएको छ जसले आकर्षक भिजुअलको अनुभव प्रदान गर्दछ ।

रियलमी सी ३५ दुइ फ्युचरिस्टिक आकर्षक डिजाइन र रङ्गहरुमा उपलब्ध छ – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीन । दुई स्टोरेज भेरियन्टहको मूल्य २०,४९९ रुपैयाँ ( ४ जिबी र ६४ जिबी ) र  २१,९९९ रुपैयाँ ( ४ जिबी र १२८ जिबी ) रहेको छ । यी स्मार्टफोनहरु नेपाली बजारमा यही बैशाख ८ देखि उपलब्ध भएको छ ।