ओपोको पहिलो फोल्डेवल फ्ल्यागशिप ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवका लागि आईएफ डिजाइन अवार्ड्स २०२२ मा दुई उपाधि हात पारेको छ ।
ओपोले आफ्नो पहिलो फोल्डेवल फ्ल्यागशिप स्मार्टफोन ओपो फाइन्ड एन सन् २०२१ को डिसेम्बरमा सार्वजनिक गरेको थियो । दुबै डिस्प्लेको समस्तिगत अनुभव प्रदान गर्ने किसिमले पृथक डिस्प्ले रेसियोका साथमा यसको समग्र डिजाइन गरिएको छ ।
यसको बाह्य स्क्रिनमा एकै हातले सहजै प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ परम्परागत फोनकै आकारसँग मिल्दो जुल्दो १९ः९ रेसियोको प्रयोग गरिएको छ ।
त्यसैगरी यसको भित्री डिस्प्लेमा ८.४ः९ एस्पेक्ट रेसियोको प्रयोग गरिएको छ । यसले गर्दा फोनलाई अनफोल्ड गर्दा थप सहजताको अनुभव गर्न सकिन्छ ।
फोनमा रहेको ठूलो स्क्रिनको पूर्ण प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ ओपोले फोल्डेवल उपकरणका लागि कस्टम सफ्टवेयरका लागि टू–फिंगर स्प्लिट स्क्रिन जस्ता विभिन्न आकर्षक सफ्टवेयरहरु पनि उपलब्ध गराएको छ ।
टू–फिंगर स्प्लिट स्क्रिनका माध्यमबाट प्रयोगकर्ताले सहजै स्क्रिनको मध्य भागबाट दूई औँलाको सहायताबाट तल तिर स्वाइप गरी स्क्रिनलाई स्प्लिट गरी मल्टिटास्किङका लागि उपयोग गर्न सक्छन् ।
त्यसैगरी, ओपो फाइन्ड एनमा स्व–विकसित फ्लेक्सियोन हिन्ज पनि उपलब्ध छ । फ्लेक्सियोन हिन्ज डिजाइनले फोनको भित्री स्क्रिनमा देखिने क्रिजको मात्रामा कमी ल्याउँदै उपकरणलाई ५०–१२० डिग्रीको कुनैपनि कोणमा सहजै उभ्भिने कार्यमा सहजता प्रदान गर्छ ।
चीनमा सार्वजनिक गरेदेखि नै ओपो फाइन्ड एनले उल्लेखनीय सफलता हासिल गरिरहेको छ । विक्रीका आधारमा यसले पहिलो महिनामै १० लाख भन्दा बढी अर्डर नाघिसकेको छ ।