कीवर्डहरू -

डिशहोमले ल्यायो वाईफाई सिक्समा आधारित ‘क्याम्पस वाईफाई’, फास्ट इन्टरनेटको अनुभव लिन सकिने

डिशहोमले ल्यायो वाईफाई सिक्समा आधारित ‘क्याम्पस वाईफाई’, फास्ट इन्टरनेटको अनुभव लिन सकिने

डिशहोम फाइबरनेटले क्याम्पस वाईफाई सार्वजनिक गरेको छ । शनिबार भृकुटिमण्डपमा आयोजित पत्रकार सम्मेलनमा डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले क्याम्पस वाईफाई सार्वजनिक गरेक हुन् ।

उक्त कार्यक्रममा डिशहोमका प्रबन्ध निर्देशक आचार्यसहित डिशहोमका जनरल म्यानेजर रमेश सापकोटा, डिशहोमका ब्राण्ड अफिसर सञ्जय राज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

ह्वावेसँगको सहकार्यमा नेपालमै पहिलो पटक वाईफाई सिक्स प्रविधिमा आधारित क्याम्पस वाईफाई ल्याएको डिशहोमले जनाएको छ ।

कार्यक्रममा डिशहोमका प्रबन्ध निर्देशक आचार्यले सधैं नयाँ गर्ने डिशहोमको प्रयास स्वरूप क्याम्पस वाईफाई आएको बताए । नेपालमै पहिलो पटक वाईफाई सिक्समा आधारित क्याम्पस वाईफाई ल्याएको र  भविष्यमा कोसेढुंगा सावित हुने उनले जानकारी दिए ।

क्याम्पस वाईफाई २.४ र ५ गिगाहर्ज ब्याण्डविथमा चल्ने गर्दछ । वाईफाई सिग्नल नपुग्ने र पुगे पनि कनेक्ट नहुने समस्यालाई यसले कम गर्ने कम्पनीको भनाइ छ । डिजिटल नेपाल अभियानमा पनि क्याम्पस वाईफाईले सहयोग गर्ने कम्पनीले बताएको छ ।

क्याम्पस वाईफाई पूर्ण वायरलेस छ । क्याम्पस वाईफाईमा नेटवर्क डिभाइड, स्मार्ट रोमिङ, डब्लुएपी थ्री सेक्युरिटी जस्ता सुविधा छन् । यसमा धेरै एक्सेस पोइन्ट (एपी) जडान गर्न सकिन्छ । यसमा फास्ट इन्टरनेट अनुभव लिन सकिने कम्पनीले बताएको छ  ।