कीवर्डहरू -

फेसबुकले ल्यायो म्यासेज डिलिट गर्ने नयाँ फिचर

फेसबुकले ल्यायो म्यासेज डिलिट गर्ने नयाँ फिचर

अब तपाईले पठाएका म्यासेजहरु मेसेन्जरमा डिलिट गर्न सक्नु हुन्छ । मेसेन्जरमार्फत पठाएको म्यासेज, फोटो, भिडियो लगायतका सामग्री डिलिट गर्न सक्ने गरी फेसबुकले नयाँ फिचर ल्याएकाे हाे । सेन्ड गरेको १० मिनेटभित्र तपाईले अनसेन्ड गर्न सक्ने गरी याे फिचर ल्याइएकाे छ । 

जुन म्यासेज डिलिट वा अनसेन्ड गर्न चाहनुहुन्छ, त्यसमा दुवैको लागि हटाउने वा आफ्नो लागि मात्र हटाउने गरी दुई वटा अप्सनहरु देख्न सक्नु हुन्छ । फेसबुकका अनुसार यो फिचर आइओएस र एन्ड्रोइडमा म्यासेन्जरको लेटेस्ट भर्जनमा उपलब्ध रहेको छ ।

२०१८ मा फेसबुकको संस्थापक मार्क जुकरबर्गले आफ्ना केही म्यासेजहरु डिलिट गरेको खुलासा भएको थियो, जुन अन्य प्रयोगकर्ताको लागि उपलब्ध थिएन । प्रयोगकार्ताका लागि उपलब्ध भएको अनसेन्ड फिचरबाट म्यासेज डिलिट गरे पनि त्यो सबैको लागि डिलिट हुदैन थियो ।

यस्तो खुलासापछि आफूहरूले पनि त्यस्तो सुविधा पाउनुपर्ने माग प्रयोगकर्ताले गरेपछि फेसबुकले सबै प्रयोगकर्ताको लागि अनसेन्ड फिचर प्रदान गर्ने घोषण गरेको थियो । फेसबुकले गत वर्ष म्यासेन्जरको लागि अनसेन्ड फिचरको परीक्षण सुरु गरेको थियो ।

कम्पनीका अनुसार सुरुको चरणमा मेसेज अनसेन्ड फिचर पोल्यान्ड, बोलिभिया, कोलम्बिया र लिथुआनियामा आईओएस र एन्ड्रोयड प्रयोगकर्ताका लागि सुरु भएको छ।