कीवर्डहरू -

एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्दा ५ हजारसम्मको छुट

एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्दा ५ हजारसम्मको छुट

एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा  ५ हजारसम्म छुट उपलब्ध दिने योजना ल्याएको छ ।

योजना अनुसार दराज, ग्यापु, सस्तो डिल, भोजमाण्डू, फूड बाइटलगायतका ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा वा अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ ।

यसका लागि ग्राहकहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहकलाई एसएमएस वा इमेल मार्फत मर्चेन्टहरू द्वारा प्रदान गरिएको प्रोमो कोड वा डिस्काउन्ट लिंक पठाउने व्यवस्था गरेको छ ।

बैंकले पठाएको उक्त लिंक प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सकिने बैंकको भनाइ छ ।  यो योजना २०७९ अषाढ मसान्तसम्म लागू हुने बताइएको छ ।

अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबर्द्धन गर्न आकर्षक छुट व्यवस्था गरेको छ ।