कीवर्डहरू -

प्राइभेसी फिचरका बाबजुत पनि प्रयोगकर्ताको डेटा ट्रयाक गर्दै आईओएस एप 

प्राइभेसी फिचरका बाबजुत पनि प्रयोगकर्ताको डेटा ट्रयाक गर्दै आईओएस एप 

आईओएसमा प्राईभेसी फिचरहरु रहेता पनि कयौँ एपले अझै पनि प्रयोगकर्ताको डेटा ट्रयाक गरिरहेको पाइएको छ । एप्पले केही समय अघि डेटा ट्रयाक गरेको थाहा पाउन एप ट्रयाकिङ्ग ट्रान्सप्यारेन्सी फिचर ल्याएको थियो ।

केही एप निर्माताहरुले आईओएसले प्राइभेसी फिचर ल्याए पनि प्रयोगकर्ताको डेटा ट्रयाक गर्ने नयाँ तरिका अपनाएका छन् ।

आर्स टेक्नीकाले गरेको एक अध्ययन अनुसार आईओएसको प्राइभेसी फिचरलाई छलेर प्रयोगकर्ताहरुको डेटा ट्रयाक गर्न थालिसेकेका छन् ।

अन्वेषकहरुले आईओएसका नौं ओटा एपहरूमाथि अध्ययन गरेका थिए । ती एपहरुले सर्भर साइड कोड प्रयोग गर्ने गरेको र एप ट्रयाकिङ बन्द रहे पनि डेटा ट्रयाक भईरहेको थियो । यो सर्भर साइड कोड चिनियाँ कम्पनीले अलिबाबाले दिएको पाइएको छ र डेटा ट्रयाक गरिरहेको छ ।

आर्स टेक्नीकाले गरेको अन्वेषणमा आईओएस प्राईभेसी फिचर सार्वजनिक हुनुभन्दा अगाडि र पछिको १ हजार ७५९ एपहरुको डेटा ट्रयाकिङ्ग दरलाई मूल्याकंन गरिएको थियो । यी एपहरु मध्ये ८० प्रतिशत एपको एक न एक ट्रयाकिङ्ग लाइब्ररी रहेको पाइएको छ ।