कीवर्डहरू -

गिरफ्तार हुनुअघि नै ल्यापससले चोरी गरेको थियो टी मोबाइलको सोर्सकोड

गिरफ्तार हुनुअघि नै ल्यापससले चोरी गरेको थियो टी मोबाइलको सोर्सकोड

ल्यापससका सदस्यहरु गिरफ्तार हुनुअघि ल्यापससले टि मोबाइलको सोर्सकोड चोरी गरेको पाइएको छ । लन्डन पुलिसले मार्चमा ल्यापसस ह्याक अन्तर्गत सात जनालाई प्रक्राउ गरेको थियो ।

बिबिसी न्यूजको रिपोर्ट अनुसार सिटी अफ लण्डन पुलिसले १६ देखि २१ वर्षको उमेरको सात जनालाई पक्राउ गरेको थियो ।

उनीहरुले पाएको सोर्स कोडमा कम्पनीको महत्वपूर्ण जानकारी र ग्राहकको निजी जानकारी नरहेको कम्पनीको ठहर रहेको छ ।

यस समूहको नेतृत्व गर्ने १६ वर्षीय ब्रिचबेच वा ह्वाइटले ल्यापसस आक्रमण गरेरै बिटक्वाइनमा १४ मिलियन डलर कमाएको पनि पाइएको थियो ।

हालैमा माइक्रोसफ्टको संवेदनशील डेटाको स्क्रीनसट लिक भएपछि त्यो ह्याक पनि ल्यापससले गरेको थाहा भएको थियो । त्यस्तै ल्यापससले सामसङ, एनभिडिया जस्ता कम्पनीहरुलाई पनि ह्याक गरेको थियो ।

ह्याकरहरुले सामसङको १९० जीबी संवेदनशील डेटा चोरी गरेको दावी गरेका थिए । ह्याकहरू बुटलोडर सोर्स कोड चोर्न पनि सफल भएका थिए । लिकमा क्वालकमको संवेदनशील डेटा पनि रहेको थियो ।

ल्यापससको अनुसार उनीहरुले एनभिडियाको एक टेराबाईट डेटा चोरी गरेका छन्, जसमा स्केमाटिक्स र ड्राइभर सोर्स कोड रहेको थियो ।