कीवर्डहरू -

महिन्द्राको भ्यालेन्टाइन अफर, स्कुटर तथा बाइक किन्दा ८ हजार छुट

महिन्द्राको भ्यालेन्टाइन अफर,  स्कुटर तथा बाइक किन्दा ८ हजार छुट

महिन्द्रा टु ह्वीलर्सअन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन डेको अवसर पारेर विशेष छुट दिएको छ।

महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा ८ हजार रुपियाँ छुट प्राप्त गर्न सकिनेछ।

भ्यालेन्टाइनको रौनकलाई थप सशक्त एवम् अविस्मरणीय बनाउने उद्देश्यसहित कम्पनीले यो छुटको व्यवस्था मिलाएको हो।

महिन्द्राका गस्टो १२५, सेन्चुरो डिक्स ब्रेक, सेन्चुरो रक स्टार, मोजो तथा गस्टो आर एस नेपाली युवामाझ लोकप्रिय रहँदै आएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ।

कम्पनीले आफ्ना ग्राहकहरूलाई चुस्त सर्भिस तथा स्पेयर पाटर््सहरूको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्रित गरेको छ।