कीवर्डहरू -

इन्स्टाग्राम स्टोरीमा यसरी राख्नुहोस् जिआईएफ

इन्स्टाग्राम स्टोरीमा यसरी राख्नुहोस् जिआईएफ

इन्स्टाग्राम अहिले मासिक रुपमा एक अर्ब सक्रिय प्रयोगकर्ता भएको एप हो । यो एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा प्रख्यात रहेको छ । धेरै मान्छेले यस प्लेटफर्मलाई आफ्नो प्रडक्ट र सेवा विस्तार गर्न पनि प्रयोग गर्न थालेका छन् ।

यस्तो अवस्थामा स्टोरी पोस्ट गरिरहनुपर्ने हुन सक्छ र स्टोरीलाई आकर्षित बनाउन जिआईएफ राख्ने गरिन्छ । आज हामी इन्स्टाग्राम स्टोरीमा कसरी जिआईएफ आड गर्ने बारे तपाईहरुलाई जानकारी दिदैछौँ ।

यसका लागि सर्वप्रथम आफ्नो आईओएस वा एन्ड्रोइड स्मार्टफोनमा इन्स्टाग्राम खोल्नुपर्ने हुन्छ । अब आफ्नो स्क्रीनको माथिल्लो भागमा रहेको प्लस आइकनमा थिच्नुहोस् । अब मेन्युबाट स्टोरीमा क्लिक गर्नुहोस् ।

अब बायाँ भागमा रहेको मेन्युमा थिचेर क्रियट अप्सनमा क्लिक गर्नुहोस् । यसपछि तल्लो बारबाट जिआईएफ भन्ने अप्सनमा क्लिक गरेर जिआईएफ सेलेक्ट गर्नुपर्ने हुन्छ र त्यसपछि नेक्सट थिच्नुपर्छ । यसपछि इन्स्टाग्राम स्टोरी सेयर गर्न योर स्टोरीमा क्लिक गर्नुहोस् ।