कीवर्डहरू -

महंगा मोबाइल र ३२ इन्चमाथिका टेलिभिजन आयातमा सरकारले लगायो रोक

महंगा मोबाइल र ३२ इन्चमाथिका टेलिभिजन आयातमा सरकारले लगायो रोक

सरकारले मोबाइल सेट, रंगीन टेलिभिजन लगायत १० प्रकारका सामान आयातमा रोक लगाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले असार मसान्तसम्म मोबाइल र टेलिभिजनसहित १० प्रकारका सामान आयातमा पूर्ण बन्देज लगाएको हो ।

सरकारले ६०० डलर अर्थात ७३ हजार नेपाली रूपैयाँ माथिका मोबाइल सेट र ३२ इन्च माथिका रंगीन टेलिभिजन आयातमा रोक लगाएको हो ।

यससँगै सरकारले कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल सबै प्रकारका खेलौनाहरु र  खेल्ने तास आयातमा पनि प्रतिबन्ध लगाएको छ ।

उच्च व्यापार घाटा र विदेशी मुद्राको संचित घट्न थालेपछि आयातमा कडाइ गरिएको हो ।कूटनीतिक नियोगका अधिकारीलाई भने उक्त १० वस्तु ल्याउन बन्देज लागू हुने छैन् । वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि यो प्रतिबन्ध लागू हुने छैन ।