कीवर्डहरू -

विपद् न्यूनीकरण र व्यवस्थापनमा सघाउने एप ‘म त छु तयार’ सार्वजनिक

विपद् न्यूनीकरण र व्यवस्थापनमा सघाउने एप ‘म त छु तयार’ सार्वजनिक

ठूलो डटकम र इन्टरप्राइज फर म्यानेजमेन्ट, इकोनोमिक रिफर्म एण्ड जेन्डर इक्वालिटी ( इमर्ज ) ले ' म त छु तयार ' नामक मोबाइल एप सार्वजनिक गरेका छन् ।

विपद् न्यूनीकरण र व्यवस्थापनमा सघाउने उक्त एप प्राइभेट सेक्टर इनोभेसन च्यालेन्जको ग्राण्ड फिनालेमा सार्वजनिक गरिएको हो । तयार नेपालका अध्यक्ष ट्यामी ह्यारिसले सो कार्यक्रममा एपलाई आधिकारिक रुपमा लञ्च गरेका थिए ।

यो एप यूएसएडको तयार नेपालको सहकार्यमा ठूलो डटकम र इमर्जको संयुक्त अभियान उद्यमी उथान अभियान अन्तरगत पर्ने गर्दछ ।

आपदा जोखिम न्यूनीकरण र व्यवस्थापन मोबाइल एपले व्यवसायहरुलाई जोखिम न्यूनीकरण गर्न सुझाव र पूर्वतयारीका लागि सहयोग गर्ने गर्दछ । एपले प्रकोपबारे जानकारी टेक्सट, लिंक, भिडियो, ईमेज र अडियोको रुपमा दिने गर्दछ ।

प्रकोपको बारेमा जानकारी स्पष्टरुपमा दिनका निम्ति प्रकोपको प्रकार र चरण छुट्याइने गरिन्छ । यो एक अन्तर्क्रिया प्लेटफर्म हो जसले प्रकोपको समयमा प्रयोगकर्ताहरुलाई मार्गदर्शन प्रदान गर्न सक्छ ।

एपलाई पर्सनलाइज्ड बनाउन सकिन्छ । यस एपको अरु फिचरमा मौसम पूर्वानुमान, डिजास्टर रिपोटिंग, प्रकोपको बारेमा चेतावनी पाउने, कार्यक्रमहरुको जानकारी पाउने, डिजास्टर म्यानेजमेन्ट सप्लाई स्टोरको पहुँच आदि रहेको छ ।

यो एपले दृष्टिमा समस्या हुनेहरुका लागि पनि लक्षित गरी फन्ट साइज कस्टोमाइज गर्न मिल्ने, डार्क मोड र लाइट मोड बिच स्वीच गर्ने र उज्यालो रगं प्रयोग गर्ने जस्ता फिचरहरु एपमा उपलब्ध रहेका छन् । यो एप दुवै एन्ड्रोइड आईओएस एप स्टोरमा उपलब्ध रहेको छ ।