कीवर्डहरू -

केटीहरूलाई प्रविधिको आधारभूत ज्ञान सिकाउँदै कोड रस

केटीहरूलाई प्रविधिको आधारभूत ज्ञान सिकाउँदै कोड रस

कोड रसले 'शि क्यान डिजिटल' को प्रशिक्षणको सुरुवात गरेको छ । काठमाडौँको कम आय भएको घरकी केटीहरुको प्राथमिक डिजिटल सिपलाई बढाउने योजनाका साथमा कोड रसले बुधबारबाट 'शि क्यान डिजिटल'को प्रशिक्षण सुरुवात गरेको हो ।

यो कार्यक्रम कोड रस, रुरल वुमन्स नेटवर्क नेपाल (आरयूडब्लुओएन) र वुमन्स वर्ल्ड वाइड वेब (डब्लुफोर) को सहकार्यमा आयोजना गरिएको हो ।

प्रविधि क्षेत्रमा केटीहरुको सहभागीता बढाउन र डिजिटल तथा इन्टरपर्सनल सिप सिकाउने कार्यक्रमको मूल उद्देश्य रहेको छ । चार महिना चल्ने सो कार्यक्रम १८ देखि २५ वर्षीया २० जना इच्छुक केटीहरुलाई समावेश गरि सञ्चालन गरिएको छ ।

सहभागी केटीहरु प्लस टू पास वा स्नातक तह अध्ययनरत रहेका छन् । त्यस कारण प्रशिक्षणमा कम्प्यूटरको आधारभूत कुराहरु सिकाइँदै छ ।

सहभागीहरुलाई कम्प्यूटर हार्डवेयर, सफ्टवेयर, इन्टरनेट, सामाजिक सञ्जाल, डक्युमेन्ट, सिट, प्रेजेन्टेसन बनाउने जस्ता विषयहरुमा तालिम दिइनेछ । २० जना सहभागीहरुले अप्रिल १५ मा थप डिजाइन थिकिंग वर्कशप समेत प्राप्त गरेका थिए ।