कीवर्डहरू -

एन्ड्रोइड १३ को पहिलो बेटा भर्सन सार्वजनिक

एन्ड्रोइड १३ को पहिलो बेटा भर्सन सार्वजनिक

गूगलले एन्ड्रोइड १३ को पहिलो बेटा भर्सन सार्वजनिक गरेको छ । कम्पनीले पिक्सेल डिभाइस फोरदेखि सिक्स र सिक्स प्रोसम्मका लागि एन्ड्रोइड १३ बेटा १ सार्वजनिक गरेको छ ।

सुरुवाती चरणमा रहेको बेटामा तीन ओटा फिचर रहेको छ, जसमध्ये दुईओटा विकासकर्ताका लागि रहेका छन् । एन्ड्रोइड १३ बेटा १ मा एन्ड्रोइड १३ प्रिभ्यू २ को अपग्रेडहरु पनि रहेका छन् ।

यसमा एउटा भनेको एपहरले नोटिफिकेसन पठाउनका लागि स्वीकृती लिनुपर्ने रहेको छ । एन्ड्रोइड १३ बेटा १ मा नयाँ फोटा पिकर, ब्लुटूथ एलई अडियो र मिडी २.० इन्स्ट्रुमेन्टका लागि सपोर्ट पनि रहेको छ ।

अहिले बेटा भर्सन फोनमा डाउनलोड नगरेकै ठिक हुन्छ र जूनमा गएर मात्रै गूगलले स्थीर खालको भर्सन सार्वजनिक गर्नेछ ।