कीवर्डहरू -

मोबाइल चार्जमा राखेर इयरफोनमा गीत सुन्दा युवकको ज्यान गयो

मोबाइल चार्जमा राखेर इयरफोनमा गीत सुन्दा युवकको ज्यान गयो

इलेक्ट्रोनिक्स सामानको सही प्रयोग गर्न नजान्दा दुर्घटना निम्तिन सक्ने कुरामा हामी धेरैजसो जानकार छौं । तर पनि सामान्य बेवास्ता र हेलचेक्र्याईले मानिसको ज्यानै समेत जाने गरेका खबर बेला बेला आउने गरेका छन् । पछिल्लो यस्तै घटना थाइल्यान्डमा भएको छ ।

थाईल्याण्डको चोनबुरी प्रान्तमा रहने क्रिस्टाडा सुपोल नामक एक २४ वर्षिय युवकको राती स्मार्टफोन चार्जमा राखेको बेला ईयरफोन लगाएर गीत सुनिरहेको बेला मृत्यु भयो । उनले आफ्नो स्मार्टफोन चार्जमा राखेका थिए भने सोहि फोनबाट सुतेर गीत सुनिरहेका थिए, सोहि बेला अचानक उनलाई करेन्ट लागेर उनको मृत्यु भयो ।

स्थानीय मिडिया रिपोर्टअनुसार क्रिस्टाडाले ईयरफोनको स्पीकर मुखमा दबाएर राखेका थिए र त्यहि बेला विद्युतको झट्का लागेर उनको मृत्यु भएको थियो । मिडिया रिपोर्टसकाअनुसार चोनबुरी प्रान्तमा भाडामा बसिरहेको क्रिस्टाडाको घरधनी आइतवार बिहान उनको कोठामा पुग्दा उनको मृत शरिर ओछ्यानमा भेटेका थिए ।

प्रहरीकाअनुसार करेन्ट यति तिब्र र शक्तिशाली थियो की क्रिस्टाडाको कानको केहि भाग नराम्रोसँग जलेको थियो ।

चोनबुरी प्रान्तको प्रहरीकाअनुसार क्रिस्टाडासँग सामसंगको स्मार्टफोन थियो तर त्यसलाई चार्ज गर्नका लागि लोकल कम्पनीको चार्जर प्रयोग गरिएको थियो । सोहि कारणले चार्जिंगको समयमा विद्युत झड्का आउँदा उनको मृत्यु भएकाे बताईएको छ ।