कीवर्डहरू -

गल्र्स इन आईसिटी डेको अवसरमा ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ बारे कन्फेरेन्स आयोजना हुँदै

गल्र्स इन आईसिटी डेको अवसरमा ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ बारे कन्फेरेन्स आयोजना हुँदै

आज ( अप्रिल २८ ) हरेक वर्ष अन्तर्राष्ट्रिय गल्र्स इन आईसिटी डेको रुपमा मनाइँदै आइएको छ । सोही अवसरमा वुमन इन इन्फोरमेसन टेक्नोलोजीले ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ विषयमा कन्फेरेन्स आयोजना गर्दै छ  ।

वुमन इन इन्फोरमेसन टेक्नोलोजीले गर्ल्स इन टेक नेपाल र लिभिङ विथ आइसिटीसँगको सहकार्यमा कन्फेरेन्स आयोजना गर्ने भएको हो ।

आज अर्थात अप्रिल २८ मा आयोजना हुने उक्त कार्यक्रम दिउँसो २ बजे देखि बेलुका ६ बजेसम्म एलाईस कन्फेरेन्स बखुण्डोल ललितपुरमा सञ्चालन हुनेछ । कन्फेरेन्स महिलाहरुका लागि इन्टरनेटको सुरक्षित प्रयोगमा केन्द्रित रहेको छ ।

सूचना प्रविधिको सही र सुरक्षित प्रयोग नहुँदा महिलाहरु अनलाइन यौन दुर्व्वहार, शोषण, साइबर बुलिङ्ग, साइबर ग्रुमिङ्ग, छलकपट (फिसिङ्ग) तथा सेक्स्टोर्सन (यौनजन्य फिरौती) मा पर्न सक्ने जोखिम हुन्छ ।

महिलाहरूलाई इन्टरनेटको नकारात्मक प्रभावबाट बचाउन तथा जागरुक बनाउन वुमन इन इन्फोरमेसन टेक्नोलोजीले डब्लुआईआईटी कन्फेरेन्स आयोजना गर्दैछ ।