वैशाख १८ गते आईतबार ‘वेबकन २०२२ः टेक स्टार्टअप्स इन नेपाल’ आयोजना हुने भएको छ । वेब पोइन्ट सोलुसन र एस्टरडियो इंकको आयोजनामा वेबकन आयोजना हुने भएको हो ।
सगरमाथा इन्जिनियरिङ कलेज सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा स्टार्टअपको बारेमा छलफल हुनेछ ।
होटल हिमालयमा साँझ ४ बजेबाट सुरू हुने कार्यक्रममा स्टार्टअप बारे २ वटा प्यानल डिस्कसन हुनेछन् ।
प्यानल डिस्कसन सेसनमा हाम्रो बजारका सीईओ रोहित तिवारी, बसोबार डटकमका सीईओ राजन अधिकारी, खल्तीका सहसंस्थापक अमित अग्रवाल, टुटलका संस्थापक सिक्षित भट्ट, हाम्रो पात्रोकी निर्देशक सुदिना गौतम, युएक्स क्यामका डिजाइन प्रमुख मनिस ओझाको सहभागी हुनेछन् ।
त्यस्तै वेब पोइन्ट सोलुसनकी क्वालिटी एसुरेन्स इन्जिनियर सम्रिन मल्ल, लिफ्रग टेक्नोलोजीका स्क्रम मास्टर विप्लव सुवेदी, लिम्बिक एडभरटाइजिङकी सीईओ प्रज्ञा शर्मा र फ्युजमेसिन्सका वरिष्ठ सफ्टवेयर इन्जिनियर जगतज्योती जी तुलाधरको पनि सहभागीता रहने छ ।
प्यानल डिस्कसनमा नेपालमा स्टार्टअप कसरी सुरू गर्ने, के के छन् चुनौती, कसरी राम्रो गर्न सकिन्छ लगायतका विषयमा छलफल हुनेछ ।
कार्यक्रममा सहभागीताका लागि यसअघि रजिष्ट्रेसन खुला गरिएको थियो । अहिले भने रजिष्ट्रेसन बन्द भइसकेको छ । रजिष्ट्रेसन गरेका मात्रै इभेन्टमा आउन सक्ने छन् ।
कार्यक्रममा वक्ताले बोलेका मुख्य मुख्य कुराहरू सानो सानो क्लिप बनाएर सामाजिक सञ्जाल
फेसबुक
,
इन्स्टाग्राम
,
लिंक्डइन
बाट राखिने छ ।