कीवर्डहरू -

टोयटाको ड्रिम कार कन्टेस्ट

टोयटाको ड्रिम कार कन्टेस्ट

टोयटाको नेपालस्थित अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले “टोयोटा ड्रिम कार कन्टेस्ट - राष्ट्रिय कन्टेस्ट“ को विजेताको नाम सार्वजनिक गर्न पुरस्कार समारोहको आयोजना गर्दै छ । भोइथ कम्प्लेक्समा हुन गइरहेको सो समारोहमा श्रेणीगत रुपमा उपहार र पुरस्कार वितरण र हस्तान्तरण गर्ने भएको छ ।

यही नोभेम्बर २०१८ देखि फेब्रुअरी २०१९ सम्म संचालित सो प्रतियोगितामा ९०० भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा प्रवेश भएका सहभागीहरुमध्ये हरेक चरणका ३ उत्कृष्ट विजेताहरुलाइ छनौट गरी जापानमा हुन गइरहेको विश्व प्रतियोगितामा सहभागि गराइने भएको छ ।

यस प्रतियोगिताले विश्वव्यापी रुपमा हरेक उमेरका बालबालिकाहरुको कला र प्रतिभालाइ चित्रण गरी भविष्यको सवारी उत्पादनमा नयाँ स्वोरुप दिन सकिने हिसाबले सो प्रतियोगिताको आयोजना गरिएको हो ।

हरेक आविष्कार सपनाको अद्भुत स्वरुप हो । यस मूल मन्त्रलाइ आत्मसाथ गरी टोयोटाले आफ्नो हरेक उताप्दनलाइ नयाँ उचाइतर्फ लग्ने र यस्ता प्रतियोगिताले अझ आउने पिँढीलाइ प्रोत्शाहन र प्रेरणा गर्नेमा टोयोटा विश्वस्त रहेको छ ।

सन् २००४ देखि थालनी गरिएको यस प्रतियोगिताले हाल २०१८ सम्म करिब ७६ देशबाट अनुमानित ६५,००० भन्दा धेरैलाइ रुचिपूर्ण ढंगले सञ्चालन गर्न सफल रहँदै आएको छ ।