अब घरमै बसेर ब्रिजकोर्ष तयारी गर्न सकिने भएको छ । डिजिटल लर्निङ प्लेटफर्म निमा एकेडेमी ले एसईई दिइरहेका विद्यार्थीलाई लक्षित गर्दै अनलाइन ब्रिज कोर्षको सुविधा ल्याएको हो ।
एसईई दिइरहेका विद्यार्थीलाई लक्षित गरेर अनलाइन ब्रिज कोर्षको सुविधा ल्याएको निमा एकेडेमीले जनाएको छ । एकेडेमीले अहिले रजिष्ट्रेसन खुला गरेको छ र एसईईको परीक्षा सकिएपछि कक्षा सुरू हुनेछ ।
एसईईको २०७९ यहि वैशाख १७ गते समापन हुँदैछ । परीक्षार्थीहरुले घरमै बसी ११ कक्षा (विज्ञान, ए-लेबल र व्यवस्थापन) संकायका लागि प्रवेश परीक्षाको तयारी गर्न सक्नेछन् ।
करिब ६ हप्ता सम्म हप्ताको ६ दिन र दिनको २ घण्टा सञ्चालन हुने उक्त ब्रिज कोर्षमा विज्ञान विषयका सबै सह-विषयहरु, गणित, सामान्यज्ञानका साथै अंग्रेजी पढाउने नीमा एकेडेमीका कार्यकारी प्रमुख निश्चलमान प्रधानले बताए ।
‘न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न नीमा एकेडेमी सुरुवाती दिनदेखि नै अग्रसर रहेको छ,’ उनले भने ।
बिहान ७-९, दिउँसो १-३ र बेलुका ६-८ गरि ३ चरणमा अनलाइनबाट ब्रिज कोर्षको तयारी गराइने छ ।
यो अनलाइन ब्रिज कोर्षबाट गाउँ गाउँका विद्यार्थीहरूले पनि राजधानीकै गुणस्तर शिक्षा पाउने नीमा एकेडेमीकी प्रमुख सञ्चालन अधिकृत नेहा जोशीले बताइन् ।
अहिले ब्रिज कोर्षको अनलाइन कक्षा बुकिङ गर्ने विद्यार्थीले २० प्रतिशत छुट पाउने एकेडेमीले जनाएको छ । निमा एकेडेमीबाट ब्रिज कोर्ष लिने विद्यार्थीले निःशुल्क सिकाइ सामग्री, असिमित क्विज अभ्यास, विक्ली मोक टेस्ट र इलिमेन्ट्री काउन्सिलिङ जस्ता सुविधा पाउने छन् ।
यदी तपाई पनि अनलाइनबाटै ब्रिज कोर्ष लिन चाहनुहुन्छ भने निमा एकेडेमीलाई फेसबुक वा इन्स्टाग्राम मा म्यासेज गर्न सक्नुहुन्छ । त्यस्तै ९८८०६३३३३३, ९८०१९६१४६८ र ९८०१०८००१३ मा सम्पर्क गर्न सकिने छ ।