बल्क एसएमएस व्यवसायमा परिचित स्प्यारो एसएमएसले चुनावको मुखमा नेपालमा भोइस ब्रोडकास्टिङ सेवा सुरु गरेको छ । स्प्यारो भोइस ब्रोडकास्टिङ सेवा बल्क एसएमएस प्रणालीको परिष्कृत संस्करण भएको कम्पनीले जनाएको छ ।
स्प्यारो भोइसले व्यक्ति वा संस्थालाई आफ्नो सन्देश अडियो ढाँचामा एकैपटक फोन कलमार्फत ठूलो संख्यामा मानिसहरूलाई प्रसारण गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ। विभिन्न समूहका व्यक्ति तथा व्यवसायहरूले अब यो स्वचालित विधिबाट लक्षित समूहमा आफ्ना सन्देश वा सूचनाहरू सजिलै पुर्याउन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले स्थानीय तहको निर्वाचनमा स्प्यारो भोईस निकै सहयोगी हुने बताए । भौगोलिक बाधा वा आफ्नो व्यस्त तालिकाको बावजुद, उम्मेदवारहरूले आफ्ना प्रत्येक मतदातालाई आफ्नो अभियानको एजेन्डा सञ्चार गर्नसक्ने उनको भनाइ छ ।