कीवर्डहरू -

ओपोले गर्यो थप ४ देशमा आफ्नो बजार विस्तार

ओपोले गर्यो थप ४ देशमा आफ्नो बजार विस्तार

ओपोले आफ्नो स्मार्टफोनको बजार विस्तार थप चार देशमा गरेको छ । यसअन्तर्गत युके, साउदी अरेबिया, टर्की र पोल्याण्ड रहेका छन् । कम्पनीले आफ्ना फ्ल्यागशिप मोडलहरु यी देशमा विस्तार गरेको छ ।

जनवरी २८ मा ओपो आधिकारिक रुपमा साउदी अरेबियामा प्रवेश गरेको थियो । साउदी अरेबियाका लागि पहिलो उत्पादनका रुपमा कम्पनीले अद्वितिय प्रविधि र कलात्मक डिजाइनको नमूनाका रुपमा परिचित आर१७सिरिज भित्राएको थियो ।

सार्वजनिक अगाडी कम्पनीले मिडल ईस्ट रिजनल अपरेशनको आधारका रुपमा यूएईको दुबईमा दोस्रो एमईए हब खोल्ने घोषणा गरेको थियो ।

जनवरी २९ मा लन्डनको टावर ब्रिजमा ओपोले यूके लन्च ईभेन्टको आयोजना गरेको थियो । यूके पश्चात ओपोले टर्कीमा आधिकारिक सार्वजनिक कार्यक्रमको आयोजना गर्यो ।

यसले कम्पनीको यूरोपियन ईको सिस्टमलाई थप बलियो बनाएको छ । लगत्तै पोल्यान्डमा आयोजित सार्वजनिक समारोह मार्फत ओपोले आफ्नो पूर्ण प्रडक्ट सिरिज फाईन्ड एक्स, आरएक्स१७सिरिज र ए सिरिजपनि सार्वजनिक गर्यो ।

सन् २०१८को जुन महिनामा ओपोले यूरोपियली बजारमा आफ्नो पहिला भेन्चरका रुपमा फ्रेन्च बजारमा प्रवेश गरेको थियो । यस पश्चातका ६ महिनामा कम्पनीले ईटालियन, स्पेनिश र डच बजार मार्फत आफ्नो यूरोपियन विस्तारलाई निरन्तरता दिएको छ ।

अबको यूके, टर्की र पोल्याण्ड बजारमा प्रवेशसंगै यूरोपियली बजारमा ओपोको उपस्थिती ९ ओटा देशमा पुगेको छ । हाल ओपोको उपस्थिती विश्वका ४० देश सम्म पुगिसकेको छ ।

ओपोले विश्वभरका २५० मिलियन प्रयोगकर्तालाई स्टेट अफ आर्ट प्राविधिक उत्पादन तथा सेवा उपलब्ध गराइरहेको छ ।