कीवर्डहरू -

डब्लुआईआईटीले आयोजना गरेको लाइभ ह्याकाथन सम्पन्न

डब्लुआईआईटीले आयोजना गरेको लाइभ ह्याकाथन सम्पन्न

वुमन इन इन्फोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी)ले गल्र्स इन आईसिटी डे २०२२ को अवसरमा लाइभ ह्याकाथन समपन्न गरेको छ ।

गल्र्स इन आईसिटी डे २०२२ को अवसरमा आईतबार अर्थात मे १ मा केटीहरुको लागि लाइभ ह्याकाथन आयोजना गरेको हो । कार्यक्रममा २१ जना महिला सहभागी भएका थिए ।

इस्लिङ्कटनमा बिहानको साढे ८ देखि ५ः३० सम्म चल्ने सो कार्यक्रममा कुनै पनि शैक्षिक पृष्ठभूमि सिमीत गरिएको थिएन र विशेषगरी विद्यार्थीहरुलेनै कार्यक्रममा सहभागीता जनाएका थिए ।

कार्यक्रमलाई नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण र इस्लिङटन कलेजले प्रायाेजन गरेका थिए । बगभीले कार्यक्रममा प्राविधिक सपोर्ट गरेको थियो । बगभीले विभिन्न वर्कशपहरु सञ्चालन गरेर नैतिक ह्याकिङ्गको बारेमा बुझाएको थियो ।

\"\"

याे कार्यक्रम सहभागी हुन काेडिङ आवश्यक नपर्ने र आगामी दिनमा पनि यस्ता कार्यक्रम आयाेजना गर्ने आयाेजक समितिकी रत्न तारा बैद्यले जानकारी दिइन् । कार्यक्रममा क्याप्चर द फ्ल्याग कुल ४ घण्टासम्म चलेको थियो ।

कार्यक्रमको पहिलो स्थानमा रहेकी गम्भिरता पौडेललाई १० हजार प्लस बगभीको गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । त्यस्तै दोस्रो स्थानमा रहेकी निकी सिहंलाई ५ हजार प्लस बगभीको गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो र तेस्रो स्थानमा रहेकी क्षिरिङ डोल्कार शेर्पालाई ३ हजार प्लस बगभीको गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

त्यस्तै सबै सहभागीलाई सर्टिफिकेट पनि प्रदान गरिएकाे छ । गत बिहिबार डब्लुआईआईटीले अन्तर्राष्ट्रिय गल्र्स इन आइसिटी कन्फेरेन्स आयोजना गरेको थियो । त्यस्तै सोही गल्र्स इन आइसिटी डेको अवसरमा संस्थाले विद्यार्थीहरुलाई विभिन्न आईटी कम्पनीहरु घुमाउन पनि लगेको थियो ।

महिलाहरुलाई आईटी क्षेत्रमा प्रोत्साहन गर्न ह्याकाथन आयोजना गरेको  डब्लुआईआईटीको तर्फबाट पल्पसा डंगोलले बताइन् । उनले कार्यक्रम सुरु हुनभन्दा ढेड घण्टा अगाडि सहभागीहरुका लागि साइबर सुरक्षाका बारेमा ब्रिफिङ पनि गराइएको बताइन् ।

सहभागीहरलाई टास्क प्रदान गरिएको थियो जुन २ घण्टामा समाधान गर्नुपर्ने थियो । विद्यार्थीहरुलाई आईटी क्षेत्रमा संलग्न हुनका लागि प्रात्साहित गर्न क्यास प्राइज राखेको ढंगोलले बताइन् ।