कीवर्डहरू -

कृषिमा प्रविधिको प्रयोग गर्ने चौंलागाईलाई नेसनल आइसिटी इन्नोभेसन अवार्ड

कृषिमा प्रविधिको प्रयोग गर्ने चौंलागाईलाई नेसनल आइसिटी इन्नोभेसन अवार्ड

नेसनल आइसिटी इन्नोभेसन अवार्ड २०२२ सिबजन चौंलागाईलाई प्रदान गरिएको छ । राष्ट्रिय आइसिटी दिवसको अवसरमा सरकारले चौंलागाईलाई १ लाख नगदसहित नेसनल आइसिटी इन्नोभेसन अवार्डबाट सम्मान गरेको हो ।

सन् २०१४ मा सिबजन चौलागाईले कृषिमा प्रविधिको प्रयोगलाई जोड दिदै नेपालमै पहिलोपटक एसएमएसमा आधारित कृषकहरूलाई उपयोगी प्लेटफर्म सुरू गरेका थिए ।

चौलागाईले इसिमोड लगायतका विभिन्न संस्थाहरूको सहकार्य २० जिल्लामा ५ लाखबढी कृषकलाई यसमा आवद्ध गराएका थिए ।

उनले सन् २०१७ मा कृषि गुरू एप पनि सार्वजनिक गरेका थिए । कृषि गुरू एपले १०० भन्दाबढी बालिनाली र घरपालुवा जनावरको बारेमा आवश्यक जानकारी उपलब्ध गराउँदै कृषक र सरोकारवालालाई जोड्ने काम गरेको छ ।

उनको नेतृत्वमा भएको प्रयासले विभिन्न एप्लिकेसन विकास र प्रयोगबाट लाखौं कृषकलाई प्रविधिको पहुँचमा जोडिएका छन् ।