कीवर्डहरू -

साइबर सुरक्षा केन्द्र स्थापनालाई उच्च प्राथमिकतामा राखेका छौंः सञ्चारमन्त्री कार्की

साइबर सुरक्षा केन्द्र स्थापनालाई उच्च प्राथमिकतामा राखेका छौंः सञ्चारमन्त्री कार्की

काठमाडौं । व्यवस्थित तथा सुरक्षित साईबर स्पेसका लागि सरकारले साईबर सुरक्षा केन्द्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले बताएका छन् ।

‘गुणस्तरीय एवम् सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार’ मूल नाराका साथ आयोजित पाँचौं राष्ट्र्रिय सूचना तथा प्रविधि दिवस २०७९ अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

मन्त्रीले देशका संवेदनशिल प्रविधि पूर्वाधारहरुलाई पनि २४ घण्टै निगरानी गर्न पूर्वाधार र जनशक्तिको व्यवस्था गरेको बताए ।

साथै सञ्चालनमा रहेका सरकारका डेटा सेन्टर तथा क्लाउडहरुको पुनरावलोकन गर्नका साथै थप डेटा सेन्टर स्थापना कार्य पनि अगाडी बढाएको मन्त्रीले बताए ।

सुरक्षित सूचना प्रविधि विस्तारको आधार स्थापना गर्न साईबर सुरक्षा सम्बन्धी नयाँ नीति तथा कानुनमा सामयिक परिमार्जन समेत गरेको उनले कार्यक्रममा बताए ।

मन्त्री कार्कीले कागजरहित विद्युतीय हस्ताक्षर सहित सरकारको एकिकृत कार्यलयव व्यवस्थपन प्रणाली समेत प्रयोगमा ल्याएको बताएका छन् ।