कीवर्डहरू -

शैक्षिक संस्था डिजिटाइज गर्ने इन्ग्रेल्स प्रालिलाई नेसनल आइसिटी अवार्ड

शैक्षिक संस्था डिजिटाइज गर्ने इन्ग्रेल्स प्रालिलाई नेसनल आइसिटी अवार्ड

नेसनल आइसिटी अवार्ड २०२२ (प्राइभेट सेक्टर) इन्ग्रेल्स प्रालिलाई प्रदान गरिएको छ । राष्ट्रिय आइसिटी दिवसको अवसरमा सरकारले नेसनल आइसिटी अवार्डबाट इन्ग्रेल्स प्रालिलाई सम्मान गरेको हो ।

सन् २०१४ मा स्थापना भएको इन्ग्रेल्स प्रालिले शिक्षा क्षेत्रलाई प्रविधि मार्फत सहजीकरण गरिरहेको छ । कम्पनीको मुख्य प्रडक्ट वेद रहेको छ, जुन स्कुल एमआइएस तथा डिजिटल लर्निङ प्लेटफर्म हो ।

अहिले ७५० बढी विद्यालय तथा शैक्षिक संस्थाहरूमा यसको प्रयोग भईरहेको छ । कम्पनीले शैक्षिक संस्थालाई डिजिटाइज गर्न आवश्यक सम्पूर्ण प्राविधिक सेवाहरु उपलब्ध गराईरहेको छ ।

अटोमेशन, अनलाइन लर्निङ, डेटा व्यवस्थापनसँगै एनालाइसिस, रिजल्ट, एकाउन्ट, फाइनान्स, अनलाइन कक्षा, लाइब्ररी व्यवस्थापन, स्कुल बसको अनलाइन ट्रयाकिङ तथा व्यवस्थापन, कम्युनिकेशन तथा डकुमेन्ट व्यवस्थापन लगायतको काममा भेदको प्रयोग भईरहेको छ ।

कोभिड १९ को समयमा एपबाट ७ लाखबढी विद्यार्थीहरुलाई अनलाइन कक्षा तथा ४० हजारबढी अनलाइन परिक्षा सञ्चालन गरेको छ । अहिले ८ लाखबढी विद्यार्थीहरुले विद्यालयको जानकारी, शैक्षिक नोट्स, परिक्षा र अनलाइन कक्षाको लागि भेद एप प्रयोग गर्दै आईरहेका छन् ।

४० जिल्लामा आफ्नो सेवा विस्तार गरेको कम्पनीमा ७० जना दक्ष जनशक्ति कार्यरत छन् । ललितपुर बाहेक चितवन र पोखरामा कम्पनीले शाखा विस्तार गरेको छ भने इटहरी र बुटवलमा विस्तारको क्रममा रहेको छ ।

कम्पनीले यस प्रडक्टलाई ब्रुनाई देशमा विस्तार गरिसकेको छ भने भारत र बगंलादेशमा विस्तारको क्रममा रहेको छ । कोभिड पश्चात शिक्षा क्षेत्रमा बढेको प्रविधिको माग र आवश्यकताले गर्दा यस कम्पनीको ग्रोथ पनि बढ्दो छ ।