कीवर्डहरू -

नेपाल टेलिकमको प्रिपेडमा पनि रोमिङ सेवा

नेपाल टेलिकमको प्रिपेडमा पनि रोमिङ सेवा

काठमाडौं । नेपाल टेलिकमले हालसम्म पोष्टपेडमा मात्र दिंदै आएको रोमिङ सेवा प्रिपेडमा पनि शुरु गरेको छ।

कम्पनीले बिगतमा पोस्टपेड मोबाइल ग्राहकहरुलाई मात्र रोमिंग सेवा दिईरहेकोमा अबदेखि प्रिमेड मोबाइल सेवामा पनि यो सुविधा भएको जनाएको छ ।

टेलिकमले आफ्नो पन्ध्रौं वार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइलमा पनि रोमिंग सेवा शुरु गरेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । कम्पनीले माघ २२ गतेदेखि प्रिपेड मोबाइलमा आउटबण्ड रोमिंगको सफ्ट लन्च गरेको छ ।

सो आउटबण्ड रोमिंग सेवाको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले गरे ।

यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ । यो सेवा प्रारम्भमा चीन र भारतबाट शुरु गरी क्रमिक रुपमा अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ । 

निकट भविश्यमा नै कम्पनीको प्रिपेड ग्राहकहरुलाई सूलभ दरमा आउटबण्ड रोमिंग सेवा उपलब्ध गराईने टेलिकमले जनाएको छ ।