कीवर्डहरू -

वालेटमा रकम लोड गर्दा र कारोबार गर्दा अब अनिवार्य प्रयोजन खुलाउनुपर्ने

वालेटमा रकम लोड गर्दा र कारोबार गर्दा अब अनिवार्य प्रयोजन खुलाउनुपर्ने

वालेटमा रकम लोड गर्दा र कारोबार गर्दा अब अनिवार्य प्रयोजन खुलाउनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।