कीवर्डहरू -

इन्टरनेट बन्द हुने चेतावनीप्रति आयोगको गम्भिर ध्यानाकर्षण, त्यस्तो अवस्था आउन नदिन निर्देशन

इन्टरनेट बन्द हुने चेतावनीप्रति आयोगको गम्भिर ध्यानाकर्षण, त्यस्तो अवस्था आउन नदिन निर्देशन

निर्वाचन आयोगले नेपालमा इन्टरनेट सेवा बन्द हुन सक्ने भन्दै इन्टरनेट सेवा प्रदायकले दिएको चेतावनीप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

वैशाख १९ गते सोमबार एक विज्ञप्ती जारी गर्दै आयोगले  इन्टरनेट सेवा बन्द हुन सक्ने भनेर दिएको चेतावनीप्रति गम्भिर ध्यानाकर्षण जनाएको हो ।

निर्वाचनको मिति नजिकिदै गएको समयमा इन्टरनेट सेवा प्रदायक संघ, नेपालले इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगको भनाइ छ ।

विद्यमान सूचना र प्रविधिको युगमा इन्टरनेटको सहज र निरन्तर पहुँच प्राप्त गर्नु नागरिकको आधारभूत आवश्यकतासमेत भइसकेको विदितै छ ।

आयोगले इन्टरनेट सेवा अवरोध भएमा संविधानले प्रत्याभूत गरेको नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताप्रति बाधा पुग्नेतर्फ सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराएको छ ।

मुलुकभर सबै स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न गर्ने तयारी भएको अवस्थामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर पर्ने भएकोले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध पक्षलाई यो अवस्था नआउने परिस्थिति बनाउन आयोगले निर्देशन दिएको छ ।