कीवर्डहरू -

चिप निर्माता स्टार्टअप रिभोसले आफ्नो व्यवसायिक सेक्रेट चोरेको एप्पलको आरोप

चिप निर्माता स्टार्टअप रिभोसले आफ्नो व्यवसायिक सेक्रेट चोरेको एप्पलको आरोप

एप्पलले एक चिप निर्माता स्टार्टअपलाई आफ्नो व्यवसायिक सेक्रेट चोरेको भनेर मुद्दा हालेको छ । एप्पलले क्यालिफोर्नियामा स्थित रिभोस कम्पनीलाई व्यवसायिक सेक्रेट चोरेको र एप्पलको चिप डिजाइन डिभिजनबाट कर्मचारी लगेको आरोप लगाएको हो ।

एप्पलका अनुसार एप्पलका दुई जना पूर्व कर्मचारीले संवेदनशील डेटाको गिगाबाइट रिभोसमा लिएर गएका छन् । ब्लुमबर्गको रिपोर्ट अनुसार चोरेको संवेदनशील डेटामा सार्वजनिक नगरेको चिपको डिजाइन भएको प्रेजेन्टेशन रहेको छ ।

एप्पलका अनुसार रिभोसले केही एप्पलका कमचारीहरलाई इन्क्रिप्टेड एप डाउनलोड गर्न लगाएर उनीहरुसँग सञ्चार गरेको थियो ।